१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

हत्या आरोपमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

३० जेष्ठ २०८१, बुधबार १२:५२

जेठ ३०, काठमाडौँ । चर्चित कन्नड अभिनेता दर्शन थुगुडेपा र पवित्रा गोडालाई पक्राउ परेका छन् ।  फार्मेसी कम्पनीमा कार्यरत रेनुका स्वामीको हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।

अभिनेता दर्शन थुगुडेपाविरुद्ध कामाक्षीपल्या प्रहरी स्टेशनमा जुन ९ मा उजुरी परेको थियो । उनलाई बैंगलोरले मैसूरको फार्म हाउसबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार बैंगलोरको चित्तदुर्ग क्षेत्रमा बस्ने रेणुका स्वामी नामक व्यक्तिको हत्यामा अभिनेता दर्शन र अभिनेत्री पवित्राको नाम आएको छ । 

स्वामीको शव आइतबार कामाक्षीपल्या नजिकैको नालीमा फेला परेको थियो ।  मृतक रेणुका स्वामी फार्मेसी कम्पनीमा काम गर्थिन् । उनले लामो समयदेखि अभिनेत्री पवित्रालाई आपत्तिजनक म्यासेज पठाउँदै आएका थिए । 

यस वर्षको जनवरीमा पवित्रा गौडाले आफ्नो र दर्शनको सम्बन्धलाई १० वर्ष पूरा भएको सामाजिक सञ्जाल पोस्टमार्फत बताएकी थिइन् । दुवैको एक्स्ट्रा मैरिटल अफेयर चर्चामा थियो ।

४७ वर्षीय अभिनेता दर्शन कन्नड सिनेमाको एक चर्चित अनुहार हुन् । उनी कारिया, कालासिपल्या, गजा, नवग्रह, सारथी, बुलबुल, यजमान, रोबर्ट, कटेरा जस्ता कन्नड भाषाका सुपरहिट फिल्महरूको हिस्सा भइसकेका छन् । उनले ९ पटक उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिराटनगर लाई पहिलो झट्का, ३ ओभरको समाप्तिमा जोड्यो २० रन! सरकारी नम्बर प्लेट लगाएका दुई गाडीहरूबाट गाँजा बरामद, एक जना पक्राउ अध्यक्ष प्रचण्डलाई गरियो गणतन्त्र नायक सम्मानबाट सम्मानित रोजगारीका लागि कात्तिक महिनामै विदेशिए ७० हजारभन्दा बढी नेपाली लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको कृतिमानी लक्ष्य लुम्बिनीको सातौ विकेट पतन, सन्दीपले लिए लगातार दोस्रो विकेट प्राधिकरणमा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक थियो : मन्त्री खड्का मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते लुम्बिनीको चौथो विकेट पतन देशव्यापी खोप अभियान पाठेघर क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल लुम्बिनी लाइन्सले ११ ओभरमा जोड्यो १०० रन नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक