कात्तिक १०, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोगको प्रस्ताव काँग्रेस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोगको प्रस्ताव काँग्रेस"/>
2026-07-24 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानलाई नियुक्त गर्ने नेताहरुहरुले जवाफ दिनुपर्छ: भण्डारी

कात्तिक १०, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोगको प्रस्ताव काँग्रेसलाई थाहै नदिई आएकोले यसमा काँग्रेसले अहिले नै निर्णय नगर्ने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले प्रस्ताव राम्रै उद्देश्यले आएको भएपनि यसको शैली र तरिका भने ठिक नभएको गुनासो पोखे । उनले अघि भने,‘महाअभियोग प्रस्ताव भनेको सक्रिय जीवनको अन्त्य हो, मृत्यु हो, मौकामा चौका हान्ने काम भयो, त्यसैले हामी हतारमा निर्णय गर्दैनौं ।’

आयोजित साक्षात्कारमा नेता भण्डारीले अख्तियार प्रमुख कार्कीका केही कार्यशैली चित्त बुझ्दो नभएको बताउँदै भने,‘लोकमानजीले पोखरा विश्वविद्यालयका खगेन्द्र भट्टराईलाई कारवाही गर्नुभयो, उहाँले भ्रष्टाचार त परै जाओस् कसैको एक कप चिया पनि पिउनुभएको थिएन, गोविन्द केसीजस्तो डाक्टरलाई पागलको संज्ञा दिएर विज्ञप्ती निकाल्नुभयो, उहाँका यी कामहरु मलाई भित्रैबाट चित्त बुझेका छैनन् ।’ यद्धपी उनले नेताहरुले एनसेलले देशको ५२ अर्ब रुपैयाँ खाँदासमेत एक शब्द नबोलेकोमा भने कडा आपत्ति जनाए ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भैसकेकोले यसको निश्पक्षता र प्रभावकारिताका आधारमा आफ्नो पार्टीले निर्णय गर्ने उनको विश्वास थियो । भण्डारीले हिजो लोकमानलाई कसको दबाबमा या, पैसाको प्रलोभनमा हो कि, वा लोकमानको विकल्प नभएर उनलाई प्रमुख आयुक्त बनाईएको हो त्यसबारेमा नेताहरुले जवाफ दिनुपर्ने माग गरे ।

उनले अघि भने,‘नेताहरुको बारेमा पनि छानविन हुनुपर्छ, उहाँहरुले जवाफ दिनुपर्छ, यो दल वा त्यो दल भन्ने कुरा होईन, राष्ट्रको अगाडि पार्टी ठूलो कुरा होईन ।’

उनले संविधान संशोधन के का लागि भन्दै प्रश्न समेत गरे । भण्डारीले अघि भने,‘मधेशका जनतालाई अधिकारसम्पन्न बनाउने कुरा ठूलो हो, आर्थिक, सामाजिक, रुपमा मधेशी जनतालाई बलियो बनाउनुपर्छ, यहाँ तराई र पहाडलाई अलग बनाउने कुरा हुँदैछ, यो अहिले आवश्यक छैन् ।’ को कहाँ बस्ने भन्ने कुराको फैसला त्यहीँका जनताले गर्ने कुरा भएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक