विजय थापा | वाशिंगटन डिसी | अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित खेलाडीको टोलि निर्माण गर्ने छनौट प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | वाशिंगटन डिसी | अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित खेलाडीको टोलि निर्माण गर्ने छनौट प्"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली अमेरिकन फुटबल टोलि गठन प्रकृया सुरु

२०७३, ११ कार्तिक बिहीबार ०५:०९

विजय थापा | वाशिंगटन डिसी | अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित खेलाडीको टोलि निर्माण गर्ने छनौट प्रक्रिया शुभारम्भ भएको छ l 

नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौट प्रक्रियालाई अगाडी बढाउदै करिब ३ हप्ता भित्र नेपाली अमेरिकन फुटबल टोलि एक सशक्त टोलि निर्माण गरिने भएको छ l 

लामो समय देखि अमेरिकाको राष्ट्रिय स्तरको फुटबल टोलि निर्माण गर्ने योजना बोकेर हिडेको अमेरिकाको नेपाली समुदायको चिर परिचित सामाजिक सँस्था दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए )को सपना अन्तत्वगत्वा साकार भएको छ l 

अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाडी तथा नेपाली मुलका सबै ईक्षुक खेलाडिहरुलाई हरेक राज्य बाट सहभागी हुन् आब्हान गरिएको छ भने अमेरिकाको राष्ट्रिय स्तरको फुटबल टोलिको निर्माण गर्ने जिम्मेबारी टेक्सासमा बसोबास गरि रहेका नेपालका भूतपूर्व राष्ट्रिय खेलाडी उमेश प्रधानलाई दिइएको छ l 

प्रधान छनौट प्रक्रिया समितिका प्रमुख रहेका छन् भने उनि लगायत सात सदस्यीय समिति निर्माण गरिएको छ l समिति सदस्यहरुमा दिपक अमात्य न्युह्याम्प सायर: अदिप रोका, मेरील्याण्ड: सुरज थापा डिसी, कुमार शेरचन, न्युयोर्क: वाङ्ग्ला लामा र बिनोद बिष्ट टेक्सास रहेका छन् l 

नेपाली अमेरिकन फुटबल टोलि गठन प्रक्रियालाई एनएनएको तर्फबाट एनएनए खेलकुद संयोजक चन्द्र लामाले समन्यव गर्ने भएका छन् l सम्पूर्ण खेलाडीहरुको खर्च यस परियोजनाका परियोजना प्रबन्धक मुकुन्द ढुंगानाले व्यवस्थापन गर्ने भएको जानकारी लामाले दिएका छन् l 

यसै गरि एन्फा को निमन्त्रणामा नेपाली अमेरिकन फुटबल टोलि नेपाल प्रस्थान गर्ने लामाले बताए भने नेपालको सम्पूर्ण खान, बस्न तथा स्थानीय यातायातको खर्च आयोजक समितिले बेहोर्ने बताए l 

यस छनौट प्रक्रियामा सबैलाई अवसर दिइने लामाले बताउदै छनौट प्रक्रिया समाप्त पछि अन्तिम चरणमा पुगेका खेलाडीलाई करिब एक महिनाको बन्द शिबिर डीसीमा गराइने भएको छ l अमेरिकामा जन्मिएका दोश्रा पुस्ताका खेलाडीहरु खेल खेल्न मातृभूमि जान अवसर पाइने भएकोले उत्साहित हुने विश्वास गरिएको छ l   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि