2026-07-26 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर

असार ६, काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर आफ्नो निजी जीवनलाई लिएर धेरै जसो चर्चामा रहने गर्दछिन । उनको नाम लामो समयदेखि लेखक राहुल मोदीसँग जोडिएको थियो । दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छैनन् । तर अभिनेत्रीको हालैको सामाजिक सञ्जाल पोस्टपछि दुवै प्रेम सम्बन्धमा रहेको चर्चा भारतीय मिडियाहरुले गरेका छन् ।

श्रद्धा कपुरले इन्स्टाग्राममा राहुल मोदीसँगको सेल्फी पोस्ट गर्दै क्याप्सन लेखेकी छिन्- ‘मुटु राख… तर निन्द्रा फिर्ता देउ ।’  श्रद्धाले राहुल मोदीको बारेमा आधिकारिक पोस्ट साझा गरेको यो पहिलो पटक हो ।

उनीहरुको अफेयरको खबरले लामो समयसम्म हेडलाइन बनेको थियो । दुवै धेरै अवसरमा सँगै देखिने गरेका छन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ सेलिब्रेशनका लागि जामनगर जाँदै गर्दा मुम्बई एयरपोर्टमा दुवैलाई सँगै देखिएक ओथियो । मिडिया रिपोर्टमा उनीहरुको परिवार पनि उनीहरुको सम्बन्धमा खुसी रहेको दाबी गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार श्रद्धा र राहुलको भेट फिल्म ‘तू झुठी मै मक्कर’ को समयमा भएको थियो । राहुल यस फिल्मसँग सह लेखकको रूपमा जोडिएका थिए । फिल्मको सुटिङपछि उनीहरुबीचको सम्बन्ध बलियो भएको बताइएको छ । फिल्मको छायांकन सकिएपछि दुवैजना एकअर्कासँग सहज भइसकेको बताइएको छ । उमेरका हिसाबले भने श्रद्धाभन्दा राहुल ३ बर्षले कान्छा छन् । श्रद्धा अहिले ३७ बर्षकी भएकी छन् भने राहुल ३४ बर्षका छन् ।

लव रञ्जन निर्देशित फिल्म ‘तू झुठी मै मक्कर’ मा श्रद्धा कपुरले रणवीर कपुरसँग स्क्रिन सेयर गरेकी थिइन् । राहुलले यस अघि  ‘प्यार का पंचनामा २’ र ‘सोनु के टिटु की स्वीटी’ मा लेखकको रूपमा पनि काम गरिसकेका छन् । सन् २०२२ मा फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको ब्रेकअप भएपछि अभिनेता आदित्य रोय कपुरसँग पनि उनको अफ्येर्स रहेको चर्चा चलेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ