2026-09-19 06:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

गर्भवती दीपिकालाई लिएर लन्डन गए रणवीर

असार ६, काठमाडौँ । बलिउडको पावर जोडी रणवीर सिंह र दीपिका पादुकोण बिहीबार बिहान मुम्बई एयरपोर्टमा देखिए । यहाँ रणवीर पहिले कारबाट ओर्लिए र त्यसपछि उनले ६ महिनाकी गर्भवती पत्नी दीपिकालाई कारबाट बाहिर निस्कन मद्दत गरे ।

दीपिका र रणवीरको जोडी आफ्नो बेबीमुन मनाउन लन्डन प्रस्थान गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो बच्चा जन्माउने बताइएको छ ।

एयरपोर्टमा दुवैजना कालो पहिरनमा देखिएका थिए । जहाँ रणवीर कालो टी–सर्ट, डेनिम र सेतो जुत्तामा देखिएका थिए । दीपिका कालो बडीकन ड्रेसमा देखिएकी थिइन् ।

यसअघि बुधबार साँझ मुम्बईको जुहुस्थित नोभोटेल होटलमा आयोजित फिल्म ‘कल्की २८९८ एडी’को प्रि-रिलिज कार्यक्रममा पनि उनी पुगेकी थिइन् । यस कार्यक्रममा फिल्मका स्टार कास्टका अमिताभ बच्चन, प्रभास र कमल हसन जस्ता सुपरस्टारहरू पनि उपस्थित थिए ।

यहाँ अमिताभ बच्चनले गर्भवती दीपिका पादुकोणलाई स्टेजमा चढ्दा साथ दिएका थिए । दीपिका स्टेजबाट ओर्लिदा भने प्रभासले उनलाई सहयोग गरेको थियो । यस क्रममा अमिताभ बच्चनको रमाइलो स्टाइल पनि देखियो । दुवै भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । 

यस कार्यक्रममा दीपिका हाई हिल लगाएर पुगेकी थिइन्, जसका कारण केही प्रयोगकर्ताहरूले उनलाई सामाजिक सञ्जालमा ट्रोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई