लिबाङ: विगतका वर्षहरुमा तिहारका बेला सधैँ निराश र मलिन अनुहारमा देखिने ह्वामा–९ बाजाका तिलवीर कामी यसवर्ष भने निकै खुसी र उत्साहित बनेका छन्। कुनै समयमा आयआर्जनको बाटो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लिबाङ: विगतका वर्षहरुमा तिहारका बेला सधैँ निराश र मलिन अनुहारमा देखिने ह्वामा–९ बाजाका तिलवीर कामी यसवर्ष भने निकै खुसी र उत्साहित बनेका छन्। कुनै समयमा आयआर्जनको बाटो "/>
2026-09-19 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलेका भेडी गोठालो अहिले मालिक बने

लिबाङ: विगतका वर्षहरुमा तिहारका बेला सधैँ निराश र मलिन अनुहारमा देखिने ह्वामा–९ बाजाका तिलवीर कामी यसवर्ष भने निकै खुसी र उत्साहित बनेका छन्। कुनै समयमा आयआर्जनको बाटो नहुँदा मुस्किलले एक छाक मात्रै खाएर जीवन गुजार्दै आएका कामीको जीवनमा छोटो समयमै ठूलो परिवर्तन आएको छ।

साँझ बिहानको छाक टार्नकै लागि केहीवर्ष अगाडिसम्म अरुको बाख्रा चराउँदै वन वनमा विरहका गीत गाउँदै हिँड्थ्ये उनी। सम्पत्तिको नाउँमा एक त भिरालो जमिन त्यसमा पनि जङ्गलको बीचमा उनको सानो घर थियो। आयस्रोतका बाटाहरु नहुँदा आफूलाई दैनिक जीवनयापन गर्न हम्मे हम्मे पर्ने गरेको कामीको भनाइ छ।

साँझ खायो बिहान के खाने, बिहान खायो साँझ के खाने भन्ने कुरा नै उहाँको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको थियो त्यतिबेला। चाडपर्वका बेला होस् वा अन्य समयमा घरमा पाहुना आउँदा एकातिर आफूलाई खुसी लाग्ने भए पनि अर्काेतिर दुःखी हुने गरेको उनले बताए। चोर्न मिल्दैन, पाहुनालाई भोकै राख्न पनि भएन भन्ने सोच राख्नुहुने उनको मन पाहुना आउँदा साह्रै पिरोलिन्थ्यो।

सानो परिवार भएका कामीकी श्रीमतीको केही वर्ष पहिले मृत्यु भइसकेको थियो भने हाल उनको परिवारमा दुई छोरा, एक छोरी, उनकी वृद्ध भाउजू र उनीमात्र छन्। वृद्ध भाउजूले कुनै पनि काममा सघाउन नसक्ने उनको भनाइ छ। तर पनि सानै परिवार चलाउन गाह्रो भएका कामीलाई पाहुना आउँदा शिरमाथि पहाड खसेजस्तो हुन्थ्यो। यसरी दुःख सुखका बीच जीवन गुजार्दै आएका कामीले आजभन्दा केही वर्ष पहिले गाउँकै दिलै पुन मगरको तीन भेडा र चार बाख्रा गरी जम्मा सातवटा बस्तुभाउ अधियाँमा लिएर पाल्न सुरु गरेको स्मरण सुनाए।

त्यसै समयमा उनकोे गाविसमा गरिबी निवारण कोषको कार्यक्रम लागू भयो। उनले आफूलाई पनि कोषको बाजा सामुदायिक संस्थामा कोषाध्यक्षका रुपमा आबद्ध गराए। त्यसपछि उनको जीवनमा विस्तारै सफलता र खुसीका रेखाहरु कोरिन थाले। कोषले उक्त समूहलाई आयआर्जनका लागि अनुदान दिएपछि उनले बाख्रापालनका लागि १८ हजार रुपैयाँ ऋण लिएर केही समयपछि अधियाँमा पालेका सातवटै भेडाबाख्रा आफ्नो बनाए। त्यसपछिका दिनमा बिस्तारै बिस्तारै उनको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन थालेको गरिबी निवारण कार्यक्रमका सामाजिक परिचालक मूलमान मगरले जानकारी दिए।

कामीले हालसम्म दैनिक खर्च, छोराछोरीको विद्यालय खर्च, औषधि उपचार खर्चलगायत अन्य सम्पूर्ण खर्च कटाएर करिब ५० वटा जति भेडाबाख्राबाट चार लाख भन्दा बढी आम्दानी गरिसकेका छन् भने अझै उनीसँग केही भेडाबाख्रा बाँकी नै छन्। यसरी उनले सामुदायिक संस्थाबाट लिएको ऋण पनि सबै फिर्ता गरिसकेको जानकारी दिँदै भने,’गरिबकै लागि सञ्चालन भएको यो कार्यक्रमले मलाई मात्र नभई मजस्ता गरिबलाई साँच्चै ठूलो गुन लगाएको छ। यो कार्यक्रम हाम्रो जीवनमा मात्र होइन हाम्रा छोरानातिको पालासम्म पनि पुस्तौँ पुस्ता चलिरहोस्।’

यसरी जिल्लामा २०६३ वैशाखदेखि सहयोगी संस्थामार्फत सञ्चालनमा रहेको कार्यक्रम हाल जिल्लामा पाँचवटा सहयोगी संस्था मार्फत ४२ गाविसमा विस्तार भइसकेको गरिबी निवारण कोषका कार्य प्रबन्धक दीपक केसीले जानकारी दिए।उनका अनुसार यसै आवभित्र यो कार्यक्रम जिल्लाका सबै गाविसमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ।

यसले गरिबीको रेखामुनि रहेका गरिब घरधुरी पहिचान गरी उनीहरुको मागमा आधारित रहेर आयआर्जन र भौतिक पूर्वाधारका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत जिल्लामा आयआर्जनतर्फ पशुपालन, तरकारी खेती र किराना पसल सञ्चालन हुँदै आएको छ भने भौतिक पूर्वाधारतर्फ सिँचाइ, खानेपानी, साना लघुजलविद्युत्, विद्यालय भवन, बाटोघाटो, पुलपुलेसोको निर्माण कार्य भइआएको छ। यस कार्यक्रमबाट जिल्लामा हालसम्म ५४५ सामुदायिक संस्थामा आबद्ध १६ हजार २५७ घरधुरी लाभान्वित भइसकेको केसीले जानकारी दिए।

भनिन्छ, मेहनतको फल जति मीठो हुन्छ मेहनत गर्न त्यति नै कठिन हुन्छ। तर लगनशील भएर आफ्नो काममा इमान्दारिताका साथ लागे अवश्य सफलता हात पार्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् कामी। बर्सेनि घरपरिवार छोडेर खाडी मुलुकमा जाने युवा वर्गका लागि उहाँ गतिलो उदाहरण बनेको देख्न सकिन्छ। यसरी नै हरेक रोल्पालीले देशमै श्रम खर्चिन सकेमात्र नयाँ नेपालको परिकल्पना साकार हुनेमा दुई मत छैन। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई