2026-07-24 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘बाहुबली’की अभिनेत्री अनुष्का शेट्टीलाई लाग्यो हाँसिरहने दुर्लभ रोग

असार १२, काठमाडौँ । तेलुगु भाषाको बहुचर्चित फिल्म ‘बाहुबली’मा देवसेनाको भूमिकामा देखिएकी अभिनेत्री अनुष्का शेट्टीलाई हाँसिरहने दुर्लभ रोग लागेको छ । यो रोगमा अभिनेत्री एक पटक हाँस्न थालेपछि १५ देखि २० मिनेटसम्म हाँसिरहन्छिन् ।

चिकित्सकीय भाषामा यो रोगलाई स्यूडोबुलबार इफेक्ट भनिन्छ । यो एकखालको न्यूरोलॉजिकल डिसअर्डर हो । यसमा बिरामीले हाँस्ने, रुने र अन्य भावनालाई कयौँ पटक रोक्नै सक्दैनन् । बिरामीको वास्तविक स्थितिसँग यी भावनाको कुनै सम्बन्ध हुन्न । यसका लक्षणहरू भावनात्मक र मस्तिष्कको कमजोरीसँग सम्बन्धित छन् । त्यसैले यसलाई न्यूरोसाइकियाट्रिक रोग मानिन्छ । 

हालै एक अन्तरवार्तामा अनुष्काले यसको खुलासा गरेकी हुन् । यसले गर्दा उनको कयौँ पटक सुटिङ समेत रोक्नु परेको उनले बताएकी छिन् । उनले भनिन् , ‘मलाई एक खालको हाँस्ने रोग लागेको छ । तपाईँहरूलाई लाग्न सक्छ हाँस्दा पनि कुनै समस्या हुन सक्छ ? तर मेरो लागि यो समस्या हो ।’ अभिनेत्रीले भनेकी छिन् । आफू हाँस्न थालपछि १५-२० मिनेटसम्म आफ्नो हाँसो रोक्नै नसक्ने उनको भनाइ छ । कमेडी दृश्यहरू हेर्दा वा सुटिङ गर्दा हाँसो रोक्न नसक्दा कहिलेकाहीँ सुटिङ रोक्नु परेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक