एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा कब्जा जमाएको छ । फिल्मले मेकरहरूमाथि पैसाको वर्षा गराइरहेको छ । कल्कीले तीन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा कब्जा जमाएको छ । फिल्मले मेकरहरूमाथि पैसाको वर्षा गराइरहेको छ । कल्कीले तीन "/>
१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले कति कमायो तीन दिनमा ?

१६ असार २०८१, आईतवार ०८:४२

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा कब्जा जमाएको छ । फिल्मले मेकरहरूमाथि पैसाको वर्षा गराइरहेको छ । कल्कीले तीन दिनमै भारतमा २०० करोड भारु भन्दा धेरै कमाएको छ ।  

फिल्ममा प्रभासको साथसाथै अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हासन र दिशा पटानीको पनि महत्त्वपूर्ण भूमिका छ । फिल्ममा कलाकारहरूको अभिनयको सबैले तारिफ गरिरहेका छन् । आइतबार पनि फिल्मको कमाई शानदार रहने आशा गरिएको छ ।


स्याकनिल्कको रिपोर्ट अनुसार ‘कल्की २८९८ एडी’ले शनिबार हिन्दी, तमिल, तेलुगु, मलायालम र कन्नड भाषामा ६७ करोड १० लाख भारु कमाएको छ । यस हिसाबले  फिल्मले भारतमा मात्र ३ दिनमा २२० करोड भारुको व्यापार गर्यो । फिल्मले पहिलो दिन ९५ करोड र दोस्रो दिन ५४ करोडभन्दा बढीको कलेक्सन गरेको थियो ।

रिपोर्टका अनुसार ‘कल्की २८९८ एडी’ ले तेलुगुमा सबैभन्दा धेरै कलेक्सन गरेको छ । फिल्मले तेलुगुमा १२६ करोड ९० लाख भारु कमाएको छ भने हिन्दीमा यसको कमाई ७२ करोड ५० लाख भारु छ । फिल्मले ओपनिङ डेमै रेकर्ड तोडेको छ । ‘कल्की’ले पहिलो दिन ग्लोबल बक्स अफिसमा १९१ करोडको कलेक्सन गरेको थियो ।

‘कल्कि २८९८ एडी’ ले पहिलो दिनमा १९१ करोड कमाएर इतिहास रचेको छ । बाहुबली २ र आरआरपछि यो तेस्रो धेरै कमाउने फिल्म बनेको छ । आरआरआर अझै पनि २२३ करोड भारुको साथमा सबैभन्दा बढी ओपनिङ गर्ने भारतीय फिल्म हो भने पहिलो दिनमै २१७ करोड भारु भन्दा बढी व्यापार गरेको बाहुबली २ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल