१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी

१६ असार २०८१, आईतवार १०:४१

असार १६, काठमाडौँ |  राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन् ।

आज नेपाल जनता पार्टी धिरेन्द्र झा समुहलाई पार्टीमा समाहित गर्दै अध्यक्ष थापाले तराई मधेस क्षेत्रमा पार्टीलाई बलियो बनाउन यो समायोजन महत्त्वपूर्ण कोशेढुङ्गा हुने समेत दाबी गरे । कार्यक्रममा बोल्दै नेपाल जनता पार्टीका  उपाध्यक्ष धिरेन्द्र झाले एजेन्डा स्थापित गर्नको निमित्त कमल थापाको नेतृत्व आबश्यक भएकोले राप्रपा नेपालमा समाहित भएको बताए । आज आयोजित घोषणा सभामा सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।


सहमतिपत्रमा देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक एवं सम्बर्धनवादी शक्ति निर्माण गर्ने उदेश्यका साथ नेपाल जनता पार्टी श्री धिरेन्द्र झा समुह आज २०८१ असार १६ गतेबाट राप्रपा नेपालमा समाहित भएको, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, संबैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापनाको निम्ति आगामि दिनमा मन, बचन र कर्मले सशक्तरुपमा क्रियाशील रहने हामी प्रतिवद्धता व्यक्त गर्दछौ भनी उल्लेख गरिएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र सम्बर्धनवाद पार्टीको आधारस्तम्भ हुने, सम्बर्द्धनवादको बैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गिण आर्थिक बिकास र समृद्धि हाम्रो साझा लक्ष्य हुनेछ । सामाजिक न्याय, समानता, समावेशिता एवं मधेस, पहाड र हिमालको समानुपातिक बिकास हाम्रो प्राथमिकता रहने  तथा सुशासनको माध्यमबाट भ्रष्टाचारको अन्त्य तथा कृषी, पर्यटन एवं उद्योग व्यवसायको प्रवर्द्धनद्वारा देशभित्र रोजगारीको अवसर सिर्जना गर्न हामी प्रयत्नशील रहने बताईएको छ ।

सहमती अनुसार राप्रपा नेपालमा समाहित भएको नेपाल जनता पार्टीका उपाध्यक्ष  धिरेन्द्र झा राप्रपा नेपालके उपाध्यक्ष पदमा रहनु हुनेछ । साथै योग्यता, क्षमता र प्रभावकारिता हेरि पदाधिकारी ,केन्द्रिय सदस्य , बिभाग, क्षेत्रीय समन्वय समिति, जिल्ला र अन्य स्थानिय तहहरुमा सम्माननजनक जिम्मेवारी र भुमिका प्रदान गरिने सहमती भएको राप्रपा नेपाल केन्द्रिय सचिबालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल