३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शत्रुघन सिन्हा अस्पताल भर्ना, भेट्न पुगे छोरी सोनाक्षी र ज्वाइँ जहिर

१७ असार २०८१, सोमबार ०९:०३

असार १७, नयाँ दिल्ली । बलिउडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पताल भर्ना भएका छन् । छोरीको बिहे भएको ६ दिनमै शत्रुघन अस्पताल भर्ना भएका छन् । उनलाई भेट्न छोरी सोनाक्षी र ज्वाइँ जहिर इकबाल अस्पताल बाहिर देखिएपछि अनेकौं अड्कलबाजी सुरु भएको छ ।

शत्रुघन सिन्हालाई चोट लागेकाले अस्पतालमा भर्ना गरिएको खबर बाहिर आएको छ । शत्रुघनका छोरा लवका अनुसार बुवालाई भाइरल ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो ।


‘उहाँ कमजोर पनि हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँलाई अस्पतालमा भर्ना गरायौं’, इन्डियन एक्सप्रेसले छोरा लवलाई उद्धृत गर्दै समाचार छापेको छ ।

टाइम्स नाउले भने अभिनेता घरको डाइनिङ हलमा चिप्लिएर लडेको र उनलाई चोट लागेकोले अस्पताल लगिएको बताएको छ ।

एक दिन घरमै उपचार गरिएको भए पनि दुखाइ कम नभएपछि सिन्हालाई अर्को दिन बिहान कोकिलाबेन अस्पताल लगिएको र डाक्टरहरूले उनलाई भर्ना गर्न सल्लाह दिएको बताइएको छ । उनलाई सोमबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु