१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोहित, विराट र रवीन्द्रको सन्न्यास घोषणापछि यी खेलाडीले लिन सक्छन् यीनको स्थान

१७ असार २०८१, सोमबार ०९:३७

असार १७, काठमाडौँ । भारतीय क्रिकेट टिमले शनिबार १७ वर्षपछि आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जित्यो । तर, विश्वकप उपाधि उचालेको केही घण्टाभित्रै भारतीय टिमका तीन दिग्गज क्रिकेटरले सन्न्यासको घोषणा गरे । 

जसमा छन्, कप्तान रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजा । पहिल्लो डेढ दशकयता क्रिकेट टिमका नियमित सदस्य बनेका यी तीन खेलाडीको स्थान भर्पाइ गर्न भारतीय क्रिकेट टिम (बीसीसीआई) अहिले नयाँ अनुहारको खोजीमा छ । 


रोहित सन् २००७ देखि अर्थात् १७ वर्षदेखि भारतीय टिममा निरन्तर थिए । यस्तै, विराट कोहली १४ वर्षदेखि र रवीन्द्र १५ वर्षदेखि क्रिकेटको सानो संरचनामा राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेका थिए । यी तीन खेलाडीको स्थानमा शुभमन गिल, यशस्वी जयसवाल र ऋतुराज गायकवाडले भारतीय क्रिकेट टिमको शीर्ष क्रम ब्याटिङ अर्डरमा दाबेदारी दिन सक्नेछन् । 

कप्तानको रूपमा युवा ब्याटर गिल अलराउन्डर हार्दिक पन्ड्या र विकेटकिपर ब्याटर ऋषभ पन्तसँगै दाबेदारमा छन् । कोहलीबाट सुरुआत, लगत्तै रोहित र रवीन्द्रको घोषणा शनिबार बार्बाडोसमा भएको फाइनलपछि भएको थियो । दक्षिण अफ्रिकाविरुद्ध सात रनको साँघुरो जित निकाल्दै भारतले १७ वर्षपछि आईसीसी प्रतियोगिता र १७ वर्षपछि आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो । 

यी खेलाडी छन् दाबेदार 

रोहित शर्माको कप्तानीमा भारतले हालसम्म ६२ खेल खेलेको छ । जसमा भारतीय टिमले ४९ खेलमा जित निकाल्दा १२ खेलमा मात्र हार व्यहोरेको छ । रोहितअघिका कप्तान विराटको नेतृत्वमा भारतले ५० खेल खेल्दा ३० खेलमा जित र १६ खेलमा हार बेहोरेको थियो । 

भारतीय टिममा अब रोहितको बहिर्गमनपछि अलराउन्डर हार्दिक पन्ड्याले नेतृत्व सम्हाल्ने सम्भावना उच्च छ । यस्तै, इन्डियन प्रिमियर लिग (आईपीएल)बाट आफ्नो कप्तानी प्रमाणित गरिसकेका विकेटकिपर ब्याटर ऋषभ पन्त पनि यो सूचीमा छन् । तर, भारतले जिम्बाब्वेसँगको शृंखलाका लागि भने युवा ब्याटर शुभमन गिललाई कप्तान चुनेको छ । रोहित र कोहलीले विश्वकपको सबै खेलमा ओपनिङ गरे । अब यी दुईले एकसाथ छोड्दा शुभमन, यशस्वी जयसवाल र ऋतुराज गायकवाड यो स्थानका प्रवल दाबेदारीमा छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का