३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चिनियाँ नागरिक दाओजिनको योजनामा ३० अर्बभन्दा बढीको सुन तस्करी

१७ असार २०८१, सोमबार १०:५८

असार १७, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको छ । 

सीआईबीले सोमबार पत्रकार सम्मेलन गरी अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरुले स्थापना गरेका विभिन्न ७ डमी कम्पनीहरु मध्ये ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको हो ।

गत २०८० साल साउन २ गते त्रिभुवन विमानस्थलको भन्सारबाट बाहिरिएको ६० किलो ७१६ ग्राम अवैध सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर सुरु भएको अनुसन्धान पश्चात अहिलेसम्मको अनुसन्धानमा उक्त परिणामको अवैध सुन चोरी पैठारी भएको खुलेको सिआईबीले जानकारी दिएको छ ।

सीआईबीले ब्रेक सूमा सुन लुकाएर ल्याएको अभियोगमा पक्राउ परेका २५ जनामध्ये २४ जना अभियुक्तहरु पुर्पक्षका लागि थुनामा रहेको जानकारी गराएको छ । उक्त परिमाणको सुन इलेक्ट्रोनिक मालवस्तु पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन, ब्रेक सूमा ल्याइएको थियो ।

सीआईबीका अनुसार अवैध चोरी पैठारी गर्नका लागि चिनियाँ नागरिक दाओजिन वाङसमेतको योजनामा स्थापना भएको थियो । अवैध सुन पैठारीका लागि स्थापना भएका कम्पनीहरुमा भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा.लि, छुन्गाक इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स र रेडी ट्रेड प्रा.लि. रहेका छन् ।

सीआईबीले उक्त सुनको कूल मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ निकालेको छ । अवैध रुपमा चोरी पैठारी भएको सुनको रकम भुक्तानीमा पेवेल नेपाल प्रा.लि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि. बाट भएको पाइएको छ ।

सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरेको थियो । त्यो बेला ‘ब्रेक सू’ का भित्रिएको अवैध सुनको मात्रै अनुसन्धान पुरा भएको र पाँच वटा कम्पनीबाट अवैध रुपमा भित्रिएको सुनहरुको सम्बन्धमा थप अनुसन्धान गरिएको उनले बताए । सीआईबीका अनुसार दोस्रो पटकको अनुसन्धानको क्रममा २० जना पक्राउ परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि!