१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कानुनविपरीत काम गरेको भन्दै म्यानपावर कार्यालयमा सिल, दुई जना भारतीय पक्राउ

१८ असार २०८१, मंगलवार ११:३८

असार १८,  नवलपरासी | नवलपरासीको परासी बजारमा कानुनविपरीत काम गरेको भन्दै ‘जेडी म्यानपावर सर्भिसेज’ मा सिल गरिएको छ। कानुनविपरीत काम गरेको भन्दै श्रम तथा रोजगार कार्यालयले बोर्ड हटाएर म्यानपावरको कार्यालय मंगलबार सिल गरेको हो। 

कार्यालयको समन्वयमा प्रहरीको टोलीले प्रतिबन्धित मुलुक रसियालगायतका देशमा पठाउनका लागि खोलिएको म्यानपावरका भारतको महाराष्ट्र जिल्ला मुम्बई पोष्ट बर्भे नगर, असल्फा बस्ने २४ वर्षीय रविन्द्र राणे र मुम्बई जिपिओ कोलाव बस्ने ३७ वर्षीय जावेद मसिहलाई पक्राउ गरेको छ। 


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार पक्राउ परेका उनीहरुबाट ल्याबटप, मोबाइल, भारतीय आधार कार्ड, भारतीय बैंकको चेकबुब र डेबिड कार्डसमेत बरामद भएको छ। 

भारतबाट नवलपरासी आएका उनीहरूले रसिया, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा रोजगारका लागि पठाउने भन्दै साता दिनअघि कार्यालय खोलेर बसेका थिए। उनीहरूले डकुमेन्ट र रकम लिएपछि भारत हुँदै अन्य मुलुकमा पठाउने गरेको अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए। 

नवलपरासीको सीमावर्ती भारतीय बजार ठूठीबारीका सन्तोष राम निवासले नेपालीहरुलाई पठाउनका लागि परासीमा सम्पर्क कार्यालय खोलेर पठाएको प्रहरीले जनाएको छ। म्यानपावरको मुख्य कार्यालय महाराष्ट्रमा छ। कार्यालय खोलेको छोटो समय भएकाले उनीहरूबाट अहिलेसम्म नेपालीहरू ठगिएको भन्ने बारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका उनीहरूबाट ठगी सम्बन्धी कुनै प्रमाण फेला नपरेको श्रम तथा रोजगार कार्यालय बुटवलका सूचना अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने