१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नशालु ईन्जेक्सनसहित दुई भारतीय नागरिक पक्राउ

१९ असार २०८१, बुधबार ०५:४४

असार १९, रौतहट । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध नशालु ईन्जेक्सनसहित दुईजना भारतीय नागरिक लाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० बर्षीय रौशन कुमार र सोही ठाउँ वडा ३ का १८ बर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएसपी गेहेन्द्र भण्डारीले बताएका छन् । 


गएराति ९ बजेको समयमा गौरबाट चन्द्रनिाहपुर तर्फ जाँदैगरेको ना १ज ७१०९ नम्बरको म्याजिक गाडी चेकजाँच गर्दा दुवैजना भारतीयले सिट मुनी लुकाईरखेको प्रतिबन्धित नोरफिन ईन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इंजेक्शन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नशालु ईन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

बरामद नशालु इंजेक्शन सहित पक्राउ परेका दुवैजना भारतीय नागरिक रौशन र अमितलाई आवश्यक कारवाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता