१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पेरिस ओलम्पिक खेल्ने टोलीमा मेसी परेनन्

१९ असार २०८१, बुधबार ०८:०७

असार १९, काठमाडौँ । फ्रान्समा यही जुलाईदेखि अगष्टसम्म हुने पेरिस ओलम्पिकको अर्जेन्टिनी फुटबल टिममा स्टार खेलाडी लिओनल मेसी अटाएका छैनन् ।

मुख्य प्रशिक्षक जाभीए मास्केरानोले घोषणा गरेको टोलीमा विश्वकप विजेता टिमका चार खेलाडी छन् । जसमा निकोलस ओटामेन्टी जुलियन अल्भारेजलगायत छन् ।

तर हाल अमेरिकामा कोपा अमेरिका खेलिरहेका ३७ वर्षीय मेसीलाई भने टिममा राखिएन । उनी चोटसँग संघर्ष गरिरहेका पनि छन् ।


ओलम्पिकमा यू २३ राष्ट्रिय टिमले खेल्ने गर्छन् । जसमा तीन जना २३ वर्ष माथिका खेलाडी समावेश गर्न सकिन्छ ।

ओलम्पिकमा पुरुष फुटबलमा अर्जेन्टिना, मोरक्को, इराक र युक्रेन समूह बी मा छ । अर्जेन्टिनाले त्यसअघि फ्रान्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

मेसीले सन् २००८ मा चीनको बेइजिङमा भएको बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।

मास्केरानोले कोपा सकिएपछि ओटामेन्डी र अल्भारेजसहित गोलकिपर गेरोनिमो रुलीलाई टिममा समावेश गराउनेछन् । यी तीन खेलाडीसहित विश्वकप जितेका थियागो अल्माडा पनि ओलम्पिक खेल्ने सूचीमा छन् ।

गोलकिपर : लिएन्ड्रो ब्रेए, गेरेनिमो रुली

डिफेन्डर : मार्को डी सेजार, जुलियो सोलेर, जाओक्विन गार्सिया, गोन्जालो लुजान, निकोलस ओटामेन्डी, ब्रुनो अमिओन

मिडफिल्डर : इजेक्विल फर्नान्डेज, सान्टिएगो हेज्जे, क्रिस्टियन मेडिना, केभिन जेनोन

फरवार्ड : जिउलियानो सिमिओनी, लुसियानो गोन्डोउ, थियागो अल्माडा, क्लाउडियो इचेभेरी, जुलियन अल्भारेज, लुकास बेल्ट्रान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता