२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमालेले प्रधानमन्त्रीलाई भन्यो – दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नू

२० असार २०८१, बिहीबार १०:०४

असार २०,  काठमाडौँ । नेकपा एमालेले अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्रीको ध्यानाकर्षण  गराएको छ। एमालेले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाउने अवस्था नरहेको र  अल्पमतमा परेको सरकारबाट दिर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न /नगराउन भनेको हो।

एमाले महासचिव शंकर पोखरेलको हस्ताक्षरमा जारी  विज्ञप्तिमार्फत् राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न समेत  प्रधानमन्त्री 'प्रचण्ड' लाई अनुरोध गरिएको छ।


'ससंसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को ध्यानाकर्षण गर्दछ, 'विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ ।'

एमाले र कांग्रेसबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार राजनीतिक संकटमा परेको छ। एमाले र कांग्रेसले राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्न आग्रह गरेपनि प्रधानमन्त्री प्रचण्ड भने राजीनामा नदिने,संसदको 'फेस' गर्ने तयारीमा छन्।

राजीनामा दिन एमालेले गरेको आग्रह अस्वीकार गरेपछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेले आफ्ना मन्त्रीहरूलाई बोलाइसकेको छ।

प्रधानमन्त्रीले आफूले संसद फेस गर्ने र त्यसका लागि सहयोग गर्न आग्रह गरेपछि राजीनामा बुझाउन बिहीबार बालुवाटार  पुगेका  राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा नबुझाइ फर्किएका छन्। 

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष  केपी शर्मा ओलीले गर्नेछन्।  त्यसपछि बाँकी समय कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ। उनीहरूबीच संविधानको धारा ७६ (२) अनुसार नै सरका गठन गर्ने सहमति भएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै