१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अम्बानीको विवाहमा जस्टिन बिबरको महंगो प्रस्तुति, कति लिए पारिश्रमिक?

२३ असार २०८१, आईतवार १०:२९

असार २३, काठमाडौं । क्यानडेली गायक जस्टिन बिबरले हालैको आफ्नो भारत भ्रमणमा निकै रमाइलो गरेको देखिन्छ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको संगीत समारोहमा उनले आफ्ना हिट गीतमा प्रस्तुति दिए ।

इन्स्टाग्राम पोस्टबाट बिबरले अम्बानीको विवाह समारोहका रमाइला भिडियो र तस्वीर पोस्ट गरेका छन् । उनले अम्बानीको परिवारसँगका क्याजुअल तस्वीरहरु पनि पोस्ट गरेका छन् ।


मुम्बईको नीता मुकेश अम्बानी कल्चरल सेन्टरमा भएको सांस्कृतिक प्रस्तुतिमा उनलाई सुन्न बलिउड सेलिब्रटी पनि पुगेका थिए । उनले आफ्ना लागि अम्बानी परिवारले उपलब्ध गराएको विलासी गाडीको पनि फोटो सेयर गरेका छन् ।

जस्टिनले ‘लभ योरसेल्फ’, ‘आईएम द वन’ र ‘हेयर आर यू नाउ’ जस्ता चर्चित गीत पनि गाए । उनले भारतीय इन्फ्लुएन्सर ओरीसँगको प्रस्तुतिमा पनि रमाइलो गरेको देख्न सकिन्छ ।

जस्टिनले अम्बानीको संगीत सेरोमनीमा प्रस्तुति दिन ८३ करोड भारु पारिश्रमिक लिएको जनाइएको छ । यसअघि रिहानाले पनि झण्डै ७० करोड भारु हाराहारीमा पारिश्रमिक लिएकी थिइन् ।

केही दिनमा नै अनन्त र राधिकाको विवाह समारोह हुँदैछ । जस्टिन भने अम्बानीको संगीत सेरोमनीमा सहभागी भएर अमेरिका फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार