2026-07-26 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

करण जोहरलाई छोरा छोरीले सोधे- हाम्री आमा को हुन् ?

असार २५, काठमाडौँ । बलिउड फिल्म निर्माता करण जोहर एकल अभिभावक हुन् । २०१७ मा, उनी सरोगेसी मार्फत दुई जुम्ल्याहा बच्चाको बुबा बने । उनीहरुको नाम यश र रुही हो । हालै एक अन्तर्वार्तामा करणले दुवै बच्चालाई एक्लै हुर्काउने विषयमा चर्चा गरेका थिए । उनले एक्लो अभिभावक बन्न सजिलो नभएको बताए ।

करणले भने, ‘बच्चाहरूले सोध्छन् हाम्रो आमा को हो ?’ अहिले बच्चाहरूले आमाको नाम सोध्ने गरेको करणले बताए ।

करणले भने, ‘हामी आधुनिक परिवार हौं । कतिपय अनौठो परिस्थितिहरु यस्ता हुन्छन् जसरी बच्चाहरुले सोध्छन्– हामी कसको कोखबाट जन्मेका हौँ । आमा हाम्रो वास्तविक आमा होइन, उहाँ हजुरआमा हुनुहुन्छ । म यस अवस्थाको सामना गर्ने उपाय खोज्न एक सल्लाहकारमा जाँदैछु । यो कत्ति पनि सजिलो छैन, अभिभावकत्व सबै सजिलो छैन । 

करणले पनि आफ्ना छोराछोरीलाई कुनै पनि कुरामा बाधा पुर्‍याउन डराएको बताए । करणले भने, ‘जब म मेरो छोराले धेरै चिनीले बनेको चीज खाइरहेको देख्छु, म उसको बढ्दो तौलको चिन्ता गर्छु । म उसलाई केहि भन्न सक्दिन किनकि यो बच्चाहरूको उमेर हो जब उनीहरूले खुलेर जीवनको आनन्द लिन सक्छन् । कयौं पटक मैले उसलाई बाधा पनि दिएँ तर पछि नराम्रो लाग्यो र म उसँग माफी माग्छु । म उसलाई खुशी देख्न चाहन्छु । म चाहन्छु कि मेरो छोरा र छोरीले भविष्यमा आफ्नो निर्णय आफै लिउन ।’

करण जोहर सन् २०१७ मा सरोगेसी मार्फत जुम्ल्याहा सन्तानको एक्लो पिता बनेका थिए । ४० वर्षको उमेरमा फिल्म निर्माताले आफ्नी आमालाई आफू विवाह गर्न नचाहेको तर बाबु बन्न चाहन्छु भनेका थिए । यसपछि यश र रुहीको जन्म सरोगेसीबाट भएको थियो । करणकी आमाले उनलाई छोराछोरी हुर्काउन सहयोग गर्छिन् । 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ