२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

बस दुर्घटना अपडेट: त्रिशूलीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुल्यो [सूचीसहित]

२८ असार २०८१, शुक्रबार ०६:१५

असार २८, काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ । गणपति डिलक्स र एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो ।

बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा चालक/सहचालकसहित २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । ​


काठमाडौं बाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपती डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ।

काठमाडौं बाट गौर आईरहेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही  नगरपालिका १ करुनियाका  अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीनजना केविन बाट हामफालेर ज्यान जोगाएका थिए । हामफालेर ज्यान जोगाउन सफल भएका मध्ये एकजना नन्दन दास रहेको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेलले बताएका छन ।

बसमा यात्राको क्रममा ३१ जना यात्रु मध्ये १४ जनाको नामले टिकट काटिएको देखिएको छ। काठमाडौंबाट गौर तर्फ आउने यात्रुहरुमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, नन्दुजी को नामले टिकट काटिएको छ।


यस्तै, बेपत्ता एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौं‌का लागि छुटेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए ।

प्रदेश ०३००६ ख १५१६ नं. को सो बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने यकिन भइसकेको छैन । 

चालक जवाहिर महतोले हाँकेको बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो । बसमा चालक र सहचालकसहित २४ जना सवार थिए । उनीहरूको पहिचान भएको छ । 

त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलका ७ गोताखोरसहित ७० जनाकाे टोली खटिएकाे छ । सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको हो । 

अविरल वर्षाका कारण शुक्रबार बिहान करिब ३ बजेको समयमा चितवन भरतपुर नगरपालिका–२९ सिमलताल भन्ने ठाउँमा पहिरो खस्दा दुईवटा बस त्रिशुलीमा खसेर बेपत्ता भएका छन् ।

एन्जलमा सवार यात्रुहरूको सूची यस्तो छ :

१ . अन्सारी जी समेत २ जना (भारत घर)

२. सन्तोष ठाकुर, भारत

३. सुरेन्द्र शाह, भारत

४. आदित मिया, भारत

५. सुनिल शाह, भारत

६. साहनबाज आलम, भारत

७. प्रकाश पटेलसमेत दुई जना (वीरगन्ज–१४ पिपरा)

८. अरबिन्द्र दुवे, ठेगाना नखुलेको ।

९. हरिन्द्र पण्डित, ठेगाना नखुलेको ।

१०. सुजित जीसहित दुई जना (रामनगरी पर्सा)

११. परमानन्द जी, बारा मुसहर्वा

१२. हृदयनारायण राउत समेत ३ जना (पर्सा रंगपुर)

१३. सालिम मिया सहित दुई जना (रघुनाथपुर)

१४. रैजुल आलम समेत दुई जना (पर्सा कटिया)

१५. जवाहिर महतो, वीरगन्ज (बस चालक)

१६. राजेन्द्र केसी, डिलक्स साहु ।

१७. चौधरी थरका सह–चालक । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो