Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अन्तरपार्टी महिला सञ्जाल खोटाङमा दुर्गाजयन्ती

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/e9cdd083e6bae9987d1decdb28599d551477713009.jpg" style="width: 320px; float: left;"><b>कात्तिक १३, खोटाङ ।</b> अन्तरपार्टी महिला सञ्जाल खोटाङका अध्यक्षमा पूर्वसभासद् तथा नेकपा (माओवादी केन्द्र)का सचिव दुर्गाजयन्ती राई चयन हुनुभएको छ ।&nbsp;<br></p><p>सञ्जालका अध्यक्षमा चक्रीय प्रणाली अनुसार चयन हुने गर्छ । उन्नाइस सदस्यीय सञ्जालका उपाध्यक्षमा एमाले नेत्री निर्मला थापा, सचिवमा काँग्रेस नेत्री अञ्जना बस्नेत, सहसचिवमा सङ्घीय समाजवादी फोरमकी नेत्री आशा राई र कोषाध्यक्षमा राप्रपा नेत्री दुर्गा राई चयन हुनुभएको छ । सञ्जालको शुक्रबार भएको बैठकले नेतृत्व परिवर्तन गरेको हो ।&nbsp;</p><p>सञ्जालले सदरमुकाम दिक्तेलमा दिवा सेवा भजन गृह भवन निर्माणका लागि जुटेका वृद्धवृद्धालाई आर्थिक सहयोग गरेको छ । दिवा सेवा भजन गृह भवन निर्माणका लागि अर्थ अभाव झेलिरहेका वृद्धवृद्धालाई आफ्नो नेतृत्व हस्तान्तरण कार्यक्रममा सञ्जालले रु १५ हजार सहयोग गरेको हो । रासस&nbsp;</p>