2026-09-19 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

के भारतीय टीभी अभिनेत्री रिद्धिमा पण्डितले शुभमन गिलसँग बिहे गर्न लागेकी हुन् ?

साउन ४, काठमाडौँ । भारतीय टीभी अभिनेत्री रिद्धिमा पण्डित यतिबेला आफ्नो बिहेको खबरलाई लिएर चर्चामा छिन् । उनको नाम क्रिकेटर शुभमन गिलसँग जोडिएको छ ।

मिडिया रिपोर्टमा यो दाबी गरिएको छ, ‘अभिनेत्रीले आफूभन्दा ९ वर्ष कान्छा शुभमन गिलसँग सन् २०२४ को डिसेम्बरमा विवाह गर्न लागेकी छिन् ।’

सो सम्बन्धमा रिद्धिमाले अब एक अन्तर्वार्तामा यी रिपोर्टहरूबारे स्पष्टीकरण दिएकी छिन् । उनले शुभमनलाई क्यूट पनि भनेकी छन् ।

फिल्मी ज्ञानलाई दिएको अन्तर्वार्तामा रिद्धिमाले भनिन्, ‘पहिलो कुरा त म शुभमनलाई चिन्दिनँ । उहाँ एक महान् खेलाडी हुनुहुन्छ तर, म उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँ । जब म उहाँलाई भेट्छु म पक्का छु कि हामी यसबारे कुरा गरेर हाँस्नेछौं । उहाँ धेरै प्यारो हुनुहुन्छ तर, अहिले त्यस्तो केही छैन ।’

केही महिनाअघि पनि रिद्धिमाले सामाजिक सञ्जालमा शुभमनसँगको विवाहको खबरलाई अस्वीकार गरेकी थिइन् ।

पोस्ट सेयर गर्दै उनले भनेकी थिइन्, ‘मेरो बिहानी धेरै पत्रकारको फोनबाट सुरू भयो । सबैजना मेरो आगामी विवाह बारे जान्न चाहन्थे । तर, कुन बिहे ? को संग ?’

‘यदि मेरो जिवनमा यस्तै केहि भैरहेको छ भने । यदि म विवाहको बारेमा सोच्दै छु भने, म व्यक्तिगत रूपमा घोषणा गर्नेछु । अहिले यो समाचारमा कुनै सत्यता छैन ।’ उनी भन्छिन् ।

रिद्धिमा पण्डित ‘बहु हमारी रजनीकान्त’ र ‘खतर खतर’ जस्ता टेलिभिजन शोमा देखिएकी थिइन् । छिट्टै उनी चर्चित टिभी शो ‘नागिन’ को सातौं सिजनबाट कमब्याक गर्दैछिन् ।

यस शोमा रिद्धिमाको चरित्र श्रीदेवीको फिल्म नगिनाबाट प्रेरित हुने बताइएको छ । रिद्धिमा भन्दा पहिले शुभमनको नाम सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर र सारा अली खानसँग पनि जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई