साउन ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
माओवादी संसदीय दलको कार्यालयमा तीन नेताबीच अहिले छलफल जारी छ ।
कांग्रेससँग मिलेर प्रधानमन्त्री बनेको केपी ओलीले आइतबार विश्वासको मत लिँदैछन् । एमालेले कांग्रेससँग मिलेपछि तीनै दल सत्ताबाट बाहिरिएको छन् ।
कांग्रेस एमाले गठबन्धनलाई अधिकांश सबै साना दलले समर्थन गरेपनि माओवादीसहित रास्वपा र नेकपा एस विपक्षमा देखिएका छन् ।
तीन शिर्ष नेताबीच पछिल्ला विकशित राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ ।