१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय

८ श्रावण २०८१, मंगलवार १०:४०

साउन ८, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूको काटिएको लाइन जोड्ने निर्णय गरेको छ। प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणले जनाएको छ।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा नियमाअनुसार फेरि बक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने निर्णय गरिएको छ।

लोडसेडिङका बेला ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली खपत गरेका उद्योगीले अर्बौँ रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले बताउँदै आएको छ। उद्योगीहरूले भने बिजुली खपतको प्रमाणसहित पठाइएको महसुल तिरिसकिएको र प्रमाणबिनाको महसुल तिर्न नसक्ने बताउँदै आएका छन्।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग यसबारेमा छलफल गरेका थिए। सो क्रममा घिसिङले प्राधिकरणको सञ्चालक समितिमा प्रस्ताव लैजाने बताएका थिए। सोही अनुसार प्राधिकरणले बिजुली जोड्ने निर्णय गरेको हो। विपक्षी दलहरूले भने उठाउनुपर्ने महसुल नउठाएर अनियमितताको आशंका गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु