Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अनेरास्ववियू छैटौँका जिल्ला अध्यक्ष भट्ट एमाले प्रवेश

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

उतर बिष्ट/ कर्तिक १३ डडेल्धुरा  । नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशीले अनेरास्ववियू छैटौँका जिल्ला अध्यक्ष हेमराज भट्टले गरेको एमाले प्रवेशले एमाले डडेल्धुराको हात बलियो भएको बताउनु भएको छ । नेकपा एमाले डडेल्धुराको आज पार्टी कार्यालयमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष डा. जोशीले अनेरास्ववियुको शरिर तथा एमालेको हात बलियो बनेको बताए । विद्यार्थी संगठन बलियो भएमा पार्टिलाई समेत सहयोग पुग्ने बताउदै एमाले अध्यक्ष डा. जोशीले नेकपा एमाले डडेल्धुरा जिल्लामा पहिलो शक्तिका रुपमा देखिने बताए । जनताका आकांक्षाहरु अब नेकपा एमाले ले मात्रै पुरा गर्ने बताउदै अध्यक्ष डा. जोशीले एमाले नै अबको बलियो राजनैतिक विचारको पार्टी भएको बताए ।

सोही कार्यक्रममा अखिल छैटौ परित्याग गरि एमाले प्रवेश गर्नु भएका नवप्रवेशी हेमराज भट्टले डडेल्धुरा जिल्लामा विद्यार्थी आन्दोलन शशक्त रुपमा अगाडी बढ्ने बताएका छन् ।  हिजोका दिनमा अखिल छैटौँमा रहदा आफुले गरेका सुरुवाती अव एमाले निकट अनेरास्ववियुको संगठनमा बसेर पुरा गर्ने बताए । विद्यार्थीहरुका लागी यातायातमा भएको छुट लाई कार्यान्वयनमा ल्याउने, हरेक विद्यालयमा संगठन निर्माण गर्ने  र शिक्षा क्षेत्रमा भईरहेको व्यापारीकरणलाई रोक्दै सस्तो तथा सुलभ शिक्षाका लागि आफ्नो भुमिका निर्वाह गर्ने उनले बताए । व्यक्तिको बल भन्दा संगठनको बल बढी हुने भन्दै अनेरास्ववियु एक ढिक्का भएर अगाडी बढ्न सके जिल्लाका शैक्षिक मुद्धाहरुलाई विद्यार्थीहरुको हित अनुकुल उठान गर्ने उनले बताए ।

अनेरास्ववियु छैटौका जिल्ला अध्यक्ष रहेका भट्ट संगै अनेरास्ववियु छैटौँका अधिकांश कमिटीहरु नै एमाले निकट  अनेरास्ववियुमा प्रवेश भएको समेत भट्टले बताएका छन् । उनी कोटेली गाविसका स्थायी वासिन्दा हुन भने अनेरास्ववियु छैटौँमा लामो समय राज नितिमा सक्रिय रहेका थिए । एमाले प्रवेश गरे संगै उनलाई एमालेको भातृ संगठन अनेरास्ववियुमा काम गर्ने जिम्मेवारी दिईएको एमाले सचिव धन बहादुर साँउदले जानकारी दिनु भएको छ ।

कार्यक्रममा एमाले डडेल्धुराका नेताहरुका साथै अनेरास्ववियुका जिल्ला उपाध्यक्ष तथा पूर्व स्ववियु सभापति एवम् एमालेका शुभेच्छुक तथा सुभचिन्तकहरुको सहभागिता रहेको थियो ।