३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

माधव नेपालले गरे चलचित्र ‘नमेटिने घाउ’ को आफ्नो दृश्यको डबिङ

१२ श्रावण २०८१, शनिबार ०८:३९

साउन १२, काठमाडौं । चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । शुक्रबार रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर  नेपालले चलचित्रको आफुले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । 

अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’ मा  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुदा केहि दिनमा उहाले पनि आफुले अभिनय गरेको दृश्यको डबिङ गर्ने निर्देशक रमित ढुङ्गानाले जानकारी दिए ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र “नमेटिने घाउ’’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित छ ।चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘नमेटिने घाउ’मार्फत  सासॅदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

चलचित्रमा निरज कंडेलको छायांकन ,बनिश शाहको सम्पादन ,ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए