पढ्न करिब 2 मिनेट लाग्छ

सागर पोख्रेल | कात्तिक १३, कावासोती | नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्वाइज युनियनले कब्जा गरेको छ ।

संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेलमा व्वाईज युनियन काठमण्डौले संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

प्रतियोगिताको फाइलन खेलमा पहिलो हाफमा ब्वाइज युनियनले २ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा संकटाले १ गोल गरेको थियो । खेलको पहिलो ९ मिनटमा ब्वाईज युनियनका जर्सी २० का खेलाडी विनोदलामाले गरेका थिए भने खेलको ३३ औं मिनटमा अफ्रिकी मुलका खेलाडी ओफेज ओलाले ब्वाईज युनियनलाई थप १ को अग्रता दिलाएका थिए ।

खेलको ५४ मिनटमा संकटाले पाएको प्लेन्टीलाई जर्सी नं. १०का खेलाड अस्मीजंङ्ग कार्कीले गोलमा परिणत गर्दै खेललाई फर्काउन खोजे अन्तत संकटाले उपविजेतामा चित्त बुझाउन पर्यो।राईनो संरक्षण गोल्ड क्लवका विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाएका छन् ।

विजयीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गर्नुभएको थियो ।