पर्वत । नेपाली कांगे्रसका नेता एवम पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीले जनतालाई अध्यारोमा राख्नेहरु समाप्त भएर जाने बताएका छन् । नेपाली कांगे्रस कुश्मा नगरपालिका वडा नम्बर १६ ले शनिबार पिपलटारीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली कांगे्रसका नेता एवम पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीले जनतालाई अध्यारोमा राख्नेहरु समाप्त भएर जाने बताएका छन् । नेपाली कांगे्रस कुश्मा नगरपालिका वडा नम्बर १६ ले शनिबार पिपलटारीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोध"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जनतालाई अध्यारोमा राख्नेहरु समाप्त भएर जान्छन् ः सांसद जोशी

२०७३, १३ कार्तिक शनिबार १३:५०

पर्वत । नेपाली कांगे्रसका नेता एवम पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीले जनतालाई अध्यारोमा राख्नेहरु समाप्त भएर जाने बताएका छन् । नेपाली कांगे्रस कुश्मा नगरपालिका वडा नम्बर १६ ले शनिबार पिपलटारीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
पार्टीको किल्लाको नाममा पर्वतका केही गाउँमा कांगे्रसलाई विगतदेखि नै निषेध गरिएको स्मरण गर्दै उनले पार्टीको किल्ला बनाउन लाग्नुभन्दा विकासको किल्ला बनाउन आग्रह गरे । कसैको विचारलाई निषेध गरेर कहिल्यै विकास नहुने भन्दै उनले जनतालाई अध्यारोमा राख्न चाहनेहरु कुनै न कुनै दिन समाप्त भएर जाने चेतावनी दिए ।
राजनीतिक दलहरु गलत काममा भन्दा विकास र सेवामा प्रतिष्पर्धामा आउनुपर्ने धारणा सांसद जोशीले राखेका थिए । कम्युनिष्टले लालकिल्ला उद्घोष गरेका गाउँहरु विकासका दृष्टिले पछि परेको भन्दै उनले आफुसँग विकास निर्माणको माग गर्न अन्य पार्टीका नेता कार्यकर्तालाई पनि आग्रह गरे । ‘म सांसद भएका कारण सबैको साझा ब्यक्ति हुँ, मसँग योजना माग्न अर्को पार्टीको ब्यक्ति आयो भनेर विभेद गर्दिन’ सांसद जोशीले भने ।
कार्यक्रममा सांसद अर्जुनप्रसाद जोशीले कुश्मा नगरपालिका १६ का विभिन्न पार्टी परित्याग गरेका ५५ जनालाई नेपाली कांगे्रसमा प्रवेश गराएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले नेपाली कांग्रेसको विकासबादी सोच र इमान्दारिताले कांग्रेसमा आकर्षण बढ्दै गएको बताए ।
नेपाली कांग्रेस कुश्मा नगरपालिकास्थित १६ वडा कार्य समितिका सभापति प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सिता लामिछाने, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय सदस्य शिव शर्मा अधिकारी, नेपाल शिक्षक संघ पर्वतका निबर्तमान अध्यक्ष डा.चुडामणी शर्मा, कार्यवाहक अध्यक्ष पार्वती उपाध्याय, नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति चक्रपाणी शर्मा, नयाँ शक्ति पर्वतका नेता कमल लामिछाने, नेपाली कांग्रेस कुश्मा नगरपालिका १५ का सभापति बिष्णुहरि तिवारी, १७ का सभापति टंकप्रसाद सुवेदी, टेकप्रसाद नेपाली, कविराज पौडेल, खगराज रेग्मी, युवराज पौडेललगायतले बोलेका थिए ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन