१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लगायो ५ तीज गीतमा प्रतिबन्ध

१४ श्रावण २०८१, सोमबार ०७:२३

साउन १४, काठमाडौं | राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपालीहरुको सांस्कृतिक चाड तीजलाई लक्षित गरी बजारमा ल्याइएका ५ गीतले विकृति भित्र्याएको भन्दै प्रचार प्रसारमा प्रतिबन्ध लगाएको छ । 

आगामी तीजलाई लक्षित गर्दै बजारमा ल्याइएका ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ बोलका ५ गीतमाथि प्रतिबन्ध लगाइएको हो  । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गीतले तीजको मौलिक परम्परा माथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो संगीत क्षेत्रलाई ठुलो क्षति पुर्‍याउने देखिएको भन्दै प्रतिबन्ध लगाएको हो ।

‘हिन्दु नेपाली महिलाहरूको महान् पर्व ‘हरितालिका तीज – २०८१’लाई लक्षित गर्दै सार्वजनिक भएका विकृतिजन्य गीतहरूप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल स्थापना कालदेखि नै गीत सङ्गीतको क्षेत्रमा मौलिक गीतहरूलाई प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्दै आएको संस्था हो । त्यसैले गीतहरूलाई प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको कुरा हाम्रा सम्पूर्ण सदस्य एवम् सञ्चारकर्मीहरूमा जानकारी गराउँदछौ ।’ ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले देशभरका सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यममा यस्ता विकृतिजन्य गीतहरूलाई स्थान नदिनसमेत अनुरोध गरेको छ । 

‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ ‘दिउँला बरिलै’ कविता खत्री र भागिरथ चलाउनेको स्वर रहेको छ, भने ‘मादलु घन्काउँदै’मा प्रिति आलेको स्वर छ ।

त्यस्तै ‘टिकटकमा भाइरल हल्लाएरै हो’ केशर ओली र सुमन थापाको स्वर, ‘बिस्ताराले पोल्यो’ शान्तिश्री परियार र हरि गिरीको स्वर र ‘चियर्स बियर’मा प्रिति आले र प्रकाश शर्माको स्वर रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार