साउन १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयमा दुई दिने बन्द कार्यशाला(क्लोज क्याम्प) आयोजना गरेको छ।
आज बिहान सुरु कार्यशाला शनिबारसम्म चल्ने रास्वपाले जनाएको छ।
कार्यशालामा विचार, संगठन, मूल्य-मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे छलफल हुने रास्वपाले जानकारी दिएको छ।
पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्।
गत साउन १० गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यलाई रणनीतिक रूपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो।