२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘होस्टेल ३’बाट फिल्ममा डेब्यू गर्दै ‘माग्ने बुढा’का छोरा आशिष

२०८१, २० श्रावण आईतवार ०९:००

साउन २०, काठमाडौँ | ‘होस्टेल ३’बाट केदार घिमिरे ‘माग्ने बूढा’का छोरा आशिषले ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।  वर्कसप जारी रहेको यस फिल्मको निर्माण पक्ष र आशिषबीच कागजी सम्झौता भइसकेको छ । 

निर्देशक सशान कँडेलका अनुसार आशिष फिल्म शीर्ष मध्येको एक भूमिकामा अनुबन्ध भएका हुन् ।

उनले भने, ‘फिल्ममा बहुसङ्ख्या प्रमुख पात्रहरू छन् ।  होस्टेलमा बसेर अध्ययन गर्नेहरूमध्ये एकजना पुरुष कलाकारको थप आवश्यक थियो ।  हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ ।’


आशिषले यसअघि टेलिसिरियल  ‘मेरी बास्सै’मा अभिनय गरेका थिए । ‘धन्धुकारी’को भूमिकामा उनी सो समय चर्चामा पनि थिए । 

त्यस्तै फिल्ममा  ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्ध भएकी छन् । उनी थिएटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन् । 

भदौ २१ बाट छायांकनमा निस्कने तयारीमा निर्देशक कँडेल रहेका छन् । छायांकन अगावै फिल्मको प्रदर्शन मिति आगामी फागुन १६ गतेलाई तोकिएको छ । 

यसअघि फिल्मका पारस बम ‘कुल बोइ’ रिहान गिरी, पदम तामाङलगायत अनुबन्ध भइसकेका छन् । निर्माण पक्षले कही दिनअघि उनीहरु वर्कसपमा बसेको फोटो सार्वजनिक गरेको थियो । 

यो फिल्मको कथा निर्देशक कँडेल आफैँले लेखेका हुन् । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्य बन्ने यस फिल्मको कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले