१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दीपक–दीपाको ‘छक्का पञ्जा-५’ र जितुको ‘ज्वाइँसाब’ फूलपातीमा भिड्ने पक्का

२९ श्रावण २०८१, मंगलवार ०९:५४

साउन २९, काठमाडौं | यसपालीको दसैंको फूलपातीमा दुई नेपाली फिल्म हलमा लाग्ने भएका छन् । बक्स अफिसमा सर्वाधिक हिट सिरिज छक्का पञ्जाको पाचौँ सिक्वेल ‘छक्का पञ्जा–५’ तथा जितु नेपाल र नीति शाह शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँसाब’ असोज २४ गते प्रदर्शनमा आउन लागेका हुन् । 

छायाकंनमा निस्किँदा जेठमै छक्का पञ्जा टिमले प्रदर्शन मिति फूलपातीलाई तोकेको थियो । प्रचार सामाग्रीका रुपमा यस फिल्मको गीत सोमबार सार्वजनिक भएको छ ।


यता जितु नेपालको फिल्म ‘ज्वाइँसाब’ले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै फूलापातीलाई नै प्रदर्शन मिति तोकेको छ । यससँगै यी दुई फिल्मले हलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । 

महानायक विवादमा मुछिएपछि जितुले ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्री निरौलालाई निकालेका थिए । त्यसपछि जितु छक्का पञ्जा टिमबाट बाहिरिए । यही कारण जितु र छक्का पञ्जा टिमबीच सहकार्यको वातावरण बन्न सकेको छैन ।

 ‘ज्वाइँसाब’ टिमले ‘छक्का पञ्जा-५’ सँग प्रदर्शन मिति जुधाएपछि जितु र दीपाको ४ वर्ष पुरानो विवाद बल्झिएको छ । सामाजिक सञ्जालमा यो विवादले स्थान पाएको छ ।

आमा सरस्वती मुभिज र आईएमीको प्रस्तुतिमा बन्ने गरेको ‘छक्का पञ्जा- ५’ को निर्देशक दीपाश्री निरौला हुन् ।

त्यस्तै, रेड आई फिल्मस्ले मौसम फिल्मस्सँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘ज्वाइँसाब’को निर्देशक वसन्त निरौला हुन् । यसका निर्माता मीनादेवी खड्का सौगात पण्डित, पदमलाल तामाङ हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार