२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भण्डारीबाट भाइटीका प्रदान

२०७३, १६ कार्तिक मंगलवार ०८:५४

कात्तिक १६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिनुभयो । 

भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो । सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाई दिनुभएको थियो । 

साथै, भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेलाई टीका तथा माला लगाई पूजा गर्नुभएको थियो । 

भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो । 

राष्ट्रपति भण्डारीले भन्नुभयो– सबैकोे सुखशान्ति भएमात्र देशको समृद्धि हुन्छ । 

मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएकाले चाँडोभन्दा चाँडो सबै मिलेर निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित