१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत ‘छड्के सलाम’ गरियो सार्वजनिक

१ भाद्र २०८१, शनिबार १०:५८

भदौ १, काठमाडौँ । आगामी असोज १७ गते अर्थात् घटस्थापनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत ‘छड्के सलाम’ सार्वजनिक गरिएको छ ।

यस फिल्मको ‘बिहे गर्ने कि नगर्ने ?’ र ‘उडायो मन’ गरी दुई गीत सार्वजनिक भइसकेका छन् ।

जयन जे वाइबाको शब्द रचना तथा संगीत रहेको गीतमा कालीप्रसाद बाँस्कोटा, निश्चल बस्नेत र बबिना किराँतीको पार्श्व गायन छ । प्रदीप लामा र रेविका खत्रीको कोरियोग्राफीमा तयार भएको गीतमा निश्चल र स्वस्तिमासहितका कलाकारहरुको नृत्य रहेको छ । 

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

यो फिल्ममा नरेन्द्र मैनालीको डीओपी, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा, केवीका खत्री र शेखर घर्ती मगरको कोरियोग्राफी एवं जयन जे वाइबा र कुशल पोखरेलको संगीत छ ।

गीतको लिंक: https://youtu.be/u3L5tO04wXM

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार