२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रिलिजको चार दिनमै स्त्री-२ दुई सय करोड क्लबमा

३ भाद्र २०८१, सोमबार ०६:०८

भदौ ३, काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको चौथो दिन आइतबार मात्र ५८ करोड २० लाख कमाई गरेको छ ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २०४ करोड कमाई गरिसकेको छ । 

फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड र शनिबार ४५ करोड ७० लाख कमाएको थियो ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ । 

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य