२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

मंकिपक्स संक्रमणको जोखिममा नेपाल, कसरी जोगिने ?

२०८१, ३ भाद्र सोमबार ०८:५५

भदौ ३,  काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ। मंकिपक्स भाइरस संक्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘नेपालमा अघिल्लो वर्ष एकजना विदेशी ६० वर्षीया महिलामा मंकिपक्स संक्रमण देखिएकाले पनि नेपाल मंकिपक्स संक्रमणको जोखिम नरहेको भन्न सकिँदैन,’ उनले भने । 

उनले मंकिपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषयविज्ञसँग सुझाव लिइसकेको बताए । मन्त्रालयले हवाई तथा सीमानाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । 

कंगोमा मंकिपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ बी’ फैलिरहेको छ । मन्त्रालयका अनुसार जनवरीयता मात्र उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले पनि मंकिपक्स संक्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालीन घोषणा गरेको छ । 

कसरी सर्छ ?

संक्रमित व्यक्तिको घाउ, हाच्छिउँ गर्दा निस्कने थुक वा तरल पदार्थको माध्यमबाट फैलिएको पाइएको छ। यो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ। मध्य र पश्चिमी अफ्रिकी मुलुकको जंगली स्थानमा पाइने (बाँदर वा मुसा)बाट संक्रमण सुरु भएको अनुमान छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, स्तनधारी जनावरबाट संक्रमण सुरु भएको जनाइएको छ।

‘संक्रमित जनावरको शरीरबाट निस्केका पदार्थसँग प्रत्यक्ष सम्पर्क भएमा मानिसमा पर्छ। संक्रमित मानिसबाट अर्को मानिसमा पनि सर्छ।’ डा. पुनका अनुसार समलिंगीमा पनि संक्रमण पुष्टि भएको छ। 

कोरोनाभन्दा कम संक्रामक सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार, मंकिपक्स विफरको पारिवारिक सदस्य मानिएको छ। विफर रोग लगाउने भाइरसको प्रजातिबाट यो रोग सर्दछ। तर, यो कोरोना तथा बिफरभन्दा काम घातक पाइएको छ। 

संक्रमण पछि विभिन्न असरहरू देखिने गर्छ। ज्वरो आउने, टाउको, ढाड दुख्ने, मांसपेसी दुख्ने, शरीर सुन्निने, हत्केला र पैतलामा डाबरहरू देखिने र छाला फुट्नेलगायतका लक्षणहरू देखिन्छन्। डा. पुन भन्छन, ‘अनुहार र हात खुट्टामा बिमिरा (फोका)हरू बढी देखिन्छन्।’ एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिने अवधि दुईदेखि तीन सातासम्म हुने डा. अधिकारीले बताए। डा. दासका अनुसार छाला रोग विशेषज्ञले मंकिपक्स संक्रमणको पहिचान गर्छन्। ‘बिरामीको फोका, लुगाफाटोलगायतमा संक्रमण हुँदा सर्ने जोखिम बढी छ,’ उनले भने। कतिपय संक्रमितको ज्यानसमेत गएको डब्लूएचओले जनाएको छ। १० प्रतिशत व्यक्तिमा स्वास्थ्य जटिलता भएर मृत्यु हुन सक्छ। 

कसरी जोगिने ? 

संभावित जोखिम भएका मुलुकबाट नेपाल आउने व्यक्तिहरूमाथि निगरानी गर्नुपर्ने र क्वारेन्टाइनमा राख्नुपर्छ। कोरोना संक्रमणबाट अपनाइएको स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ। 

डा. पुनका अनुसार संक्रमितले प्रयोग गरेकोे बिच्छ्यौना, लुगाफाटा प्रयोग गर्दा संक्रमण सर्न सक्छ। कोरोना संक्रमणबाट जोगिन अपनाइएको स्वास्थ्य मापदण्ड मंकिपक्सबाट जोगिन पनि मद्दत गर्छ। ‘कोरोनाबाट जोगिन अपनाइएका व्यवहार नै पर्याप्त छ। मास्कको प्रयोग, हातको सरसफाइमा ध्यान दिनुपर्छ। साबुन पानीले हात धुँदा भाइरस निस्क्रिय हुन्छ।

सन् १९७० देखि नै अफ्रिकाका १० मुलुकमा यो भाइरस संक्रमण थियो। त्यस्तै सन् २००३ मा अमेरिकामा पनि प्रकोप फैलियो।‘हाम्रा लागि नयाँ भए पनि विश्वका लागि नयाँ होइन।’ बिफरका लागि प्रयोग हुने खोप मंकिपक्समा पनि प्रभावकारी मानिएको छ। यो खोप ८५ प्रतिशत प्रभावकारी पाइएको डब्लूएचओले जनाएको छ। सन् १९८० मा बिफर उन्मूलन भएको घोषणा डब्लूएचओले  नै गरेको थियो।  

लक्षणहरू

-ज्वरो आउने

-टाउको दुख्ने

-ढाड दुख्ने

-मासंपेशीको दुखाई

-शरीर चिलाउने 

-हात, खुट्टामा बिमिरा (फोका) आउने 

-ग्रन्थीहरू सुन्निने 

-हत्केला र पैतलामा डाबर देखिने 

-छाला फुट्ने

कसरी जोगिने ?

-बिरामी वा मरेका जनावरको सम्पर्कबाट टाढा रहने

-मास्क प्रयोग गर्ने

-साबुन पानीले हात धुने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन