२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

प्रत्यक्षदर्शी भन्छन्– ठूलो ढुंगाले अड्काउँदा मर्स्याङ्दी नदीमा डुब्नबाट जोगियो बस

२०८१, ७ भाद्र शुक्रबार ०७:१८

भदौ ७, काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ। पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना शुक्रबार दुर्घटनामा परेको थियो। 

तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए अनुसार पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको भारतीय पर्यटक बस सडक १ सय ५० मिटर तल नदी किनारमा खसेको हो। उक्त दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित ४१ जना यात्रु रहेको प्रहरीले जनाएको छ। चालक र सहचालकको नाम खुलिसकेको छैन।

उक्त बसलाई ठूलो ढुङ्गाले अड्काउँदा बस मर्स्याङ्दी नदीमा डुब्नबाट जोगिएको एक प्रत्यक्षदर्शीले बताएका छन्। बस खसेको केही क्षणमै त्यहाँ पुगेका लमजुङका सुरेन्द्रमान घलेका अनुसार पोखराबाट मुग्लिङतर्फ गइरहेको बस बाटोको छेउमा रहेको सिमेन्टको छेकबार भत्काउँदै मर्स्याङ्दी नदीमा खसेको थियो। 

‘म काठमाडौँबाट लमजुङतर्फ जाँदै थिएँ, पोखराबाट आउँदै गरेको बस भर्खर खसेको रहेछ’, पर्यटन व्यवसायमा संलग्न घलेलेभने, ‘बाटोको छेउमा रहेको सिमेन्टको छेकबारलाई समेत बसले भत्काएको देखियो।’

उनका अनुसार मर्स्याङ्दी नदीमा बस जहाँ अड्किएको छ, त्यहाँ एउटा ठूलो ढुङ्गो छ। 

‘त्यो ढुङ्गोले नअड्काएको भए बस पूरै नदीमा डुब्ने रहेछ’, घलेले भने, ‘मर्स्याङ्दी नदीमा भेल आएकाले अझ ठूलो क्षति हुनसक्थ्यो।’ 

सो दुर्घटनामा हालसम्म १४ जनाको निधन भएको पुष्टि गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस