२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा मारुती भ्यानको ठक्करबाट दुईजनाको मृत्यु

१८ कार्तिक २०७३, बिहीबार ०३:०२

कात्तिक १८, मोरङ । मोरङको इटहरामा मारुती भ्यानको ठक्करबाट गएराति मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । 

उर्लाबारी–बरडङ्गा सडकखण्डमा साँझ इटहरा–४ स्थित इटहराबजारमा विराटनगरतिर जाँदै गरेको को १ च ५५६९ नंको भ्यानले आमबारीबाट उर्लाबारीतिर आउँदै गरेको को ७ प ५७०८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार चालक इटहरा–२ का १८ वर्षीय किलिन्द विष्ट र पछाडि सवार सोही ठाउँका २६ वर्षीय राजु थापाको मृत्यु भएको हो । 

मोटरसाइकलमा तीनजना सवार थिए । पछाडि सवार इटहरा–२ कै २१ वर्षीय प्रकाश राईको गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनापछि गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि विराटनगर लगिएकोमा दुईजनाको भने उपचारका क्रममा गएराति मृत्यु भएको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि