Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन रोकियो

२०८१, १७ भाद्र सोमबार ०७:५१

भदौ १७, काठमाडौँ । हप्तौं लामो विवाद र सेन्सरको अन्योलबीच बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन रोकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म अब सेप्टेम्बर ६ मा रिलिज हुनेछैन ।

त्यहाँको सेन्सर बोर्डले फिल्ममा थप कटौती गर्न चाहिरहेको थियो । बोर्डले सुरुमा फिल्मलाई स्वीकृति दिएपनि प्रमाणीकरणमा रोक लगाएको थियो ।

यसैबीच, सोमबार मध्यप्रदेशको उच्च अदालतमा फिल्मको रिलिजलाई लिएर सुनुवाइ हुँदैछ । एक सिख संगठनले दायर गरेको मुद्दामा फिल्मको रिलिज रोक्न माग गरिएको छ । फिल्मले शिख समुदायको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै यो समुदाय आन्दोलित छ ।


यो फिल्ममा कंगनाले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् । तर फिल्म पोस्टपोन्ड भएकोबारे कंगनाले अहिलेसम्म आधिकारिक केही बताएकी छैनन् । अगस्ट ३० मा एक भिडियो सन्देश जारी गर्दै कंगनाले सेन्सर बोर्डले अहिलेसम्म प्रमाणीकरण नभएको बताएकी थिइन् ।

इन्डियन एक्सप्रेसका अनुसार केही दिनअघि ट्रेलर रिलिज भएपछि विवाद सुरु भएको थियो । शिरोमणि अकाली दलको दिल्ली इकाईबाट सीबीएफसीलाई सिखको चित्रणका कारण फिल्मको प्रदर्शन रोक्न अनुरोध गर्दै सूचना पठाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश