२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दुग्गी नाईट क्रिकेटको उपाधि युपीको ठुठिबारीलाई

१९ कार्तिक २०७३, शुक्रबार ०२:५७

मोहम्मद ईजहार शेष । कात्तिक १९, परासी । नवलपरासीको कुश्मा गाविस वडा नम्बर ६ परसीयामा सञ्चाल गरिएको दुग्गी नाईट क्रिकेट प्रतियोगिताको उपाधि उत्तर प्रदेशको ठुठिबारीले हात पारेको छ भेन आयोजक हुसैनी क्रिकेट क्लब परसीया उपबिजेता बनेको छ । 

प्रतियोगिताको गएराति कडा प्रतिस्पर्धाका बिच सम्पन्न भएको छ । फाईनल खेलमा टस जितेर बैटिङ्ग रोजेको आयोजकले निर्धारीत ८ ओभरमा विपक्षिलाई २८ रनको लक्ष्य दिएको थियो । परसीयाका आक्रमक ब्याट्स म्यान वजिर अन्सारी र उमेश गुप्ताको अत्ति खराब प्रदर्शनका कारण सुरुवाति ४ ओभरमा परसीयाले जम्मा ७ रन बनाउन सकेको थियो । परसीयाका अर्का ब्याट्सम्यान बदरेआलम अन्सारी र क्याप्टन नबाबुद्धिन अन्सारीको केहि राम्रो प्रदर्शनका कारण ८ ओभरमा ठुठिबारीलाई २८ रनको लक्ष्य दिएको थियो । निकै कम रनको लक्ष्य पाउनपनि ठुठिबारीलाई धेरै गाह्रो भएको थियो । तर ठुठिबारीका अन्तिम ब्याट्सम्यानहरुले कडा मेहनतका साथ अन्तिम ओभरका पाँचौ बलमा मात्र लक्ष्य भेटाउदै उपाधि प्राप्त गर्न सफल भएका थिए । 

प्रतियोगिताको समापन नेपाल राष्ट्रिय ब्यापार महासंघका केन्द्रिय सदस्य दिपक शाहको प्रमुख आतिथ्य तथा हुसैनि क्रिकेट क्लबका अध्यक्ष नबाबुद्धिन अन्सारीको अध्यक्षतामा एक कार्यक्रम गरि समापन तथा पुरस्कार बितरण गरिएको हो । प्रतियोगितामा बिजेता सम्पुर्ण खेलाडिलाई एक एक थान मल्टीमेडिया मोबाईल र उपबिजेतालाई नगद रु ५ हजार सहित मेडलले पुरस्कृत गरिएको थियो । सो अवसरमा स्थानीय समाजसेवी क्यामुद्धिन अन्सारी , फिरोज अन्सारी , अशोक ठाकुर लगायतले आ आफनो धारणा राख्नु भएको थियो । 

यस्तै ठुठिबारीका क्याप्टन मोनु सहानीले आफनो टिमको प्रदर्शनका बारे प्रतिक्रिया दिदै प्रतियोगिता निकै प्रतिस्पर्धि र अनुशासित रुपमा सञ्चालन भएको बताएका थिए भने प्रतियोगितामा हुसैनि युथ क्ल्ब नवलपरासीका कोषाध्यक्ष क्यामुद्धिन अन्सारी र सामुदायिक रेडियो परासीका मोहम्मद ईजहार शेषले कमेन्टरीङ्ग गरेका थिए । प्रतियोगितामा सामुदायिक रेडियो परासी मेडिया पार्टनरको रुपमा रहेको थियो भने प्रतियोगितामा भारतको युपि र नवलपरासीका १८ वटा टिमहरुको सहभागिता रहेको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै