2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

बिदाका यी दिनमा पनि सेवा दिन अस्पताल र स्वास्थ्य संस्थालाई मन्त्रालयको परिपत्र(सूची)

भदौ २४,  धनगढी | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालले ओपीडी (बहिरंग) लगायतका सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै पर्व बिदा, जात्रा बिदा र जन्मजयन्ती बिदा अन्तरगत पर्ने सार्वजनिक बिदामा पनि अरु दिनजस्तै सरकारी अस्तालबाट सेवा दिनुपर्ने दिनको सूची सार्वजनिक गरेको हो ।

सर्वसाधारणको सुविधाका लागि उक्त बिदाका दिनमा समेत स्वास्थ्य सम्बन्धी सेवा सञ्चालन गर्न अनुरोध गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

सार्वजनिक सूची अनुसार पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा (वैशाखे पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्ही (ज्यापु दिवस), तमु ल्होसार, माघी पर्व (माघे संक्रान्ति), सोनम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद (ईद उल फित्र) र बगर ईद (ईद उल अजहा)का दिन अरु दिनमा जस्तै सरकारी अस्पतालले ओपीडी सहितका सेवा दिनुपर्नेछ ।

जात्रा बिदा अन्तर्गत गाईजात्रा इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा बिदाका दिनमा पनि अरु दिनमा जस्तै ओपीडी सेवा दिनुपर्नेछ । सार्वजनिक दिवस अन्तरगत गणतन्त्र दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तराष्ट्रिय महिला दिवसको दिनमा सरकारी अस्पतालले ओपीडी सेवा सहितको सेवा दिनुपर्नेछ । जन्मजयन्ती बिदा अन्तर्गत बुद्ध जयन्ती र पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)का दिन पनि अरु दिनमा जस्तै ओपीडीसहितका सेवा सरकारी अस्पतालले दिनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते