१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

थलापति विजयको अन्तिम फिल्मको घोषणा

३० भाद्र २०८१, आईतवार ०७:००

भदौ २९, काठमाडौँ । साउथ सुपरस्टार थलापति विजयको करिअरको अन्तिम फिल्म थालापति ६९ को घोषणा गरिएको छ । शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

‘थलापति ६९’ शीर्षक राखिएको फिल्मलाई सन् २०२५ को अक्टोबर यानिकी २०८२ सालको असोजमा रिलिज गर्ने घोषणा गरिएको छ । तमिल, तेलुगू र हिन्दी भाषामा बन्न लागेको यो फिल्मबाट विजयले तीन दशक लामो करिअरको अन्त्य गरेर राजनीतिमा सक्रिय हुने छन् । यस फिल्मका लागि उनले २७५ करोड भारु पारिश्रमिक लिएको भारतीय मिडियामा चर्चा रहेको छ । ‘थलापति ६९’को निर्देशन एच. विनोथले गर्नेछन् । विजयसँग उनको यो पहिलो सहकार्य हुनेछ । फिल्मको अभिनेत्रीमा पूजा हेगडे र भिलेनमा बबी देओलको चर्चा रहेको छ ।


यो फिल्म रिलिजपछि विजयले अभिनयबाट संन्यास लिएर पूर्णकालीन राजनीति सुरु गर्दैछन् । उनले ६ महिना अगाडि आफू प्रमुख रहने गरी राजनीतिक दलको घोषणा गरेका थिए । तमिझागा वेत्री कझगम (तमिलनाडु विजय पार्टी) नाम राखिएको विजयको पार्टी भारतीय निर्वाचन आयोगमा दर्ता भइसकेको छ । सन् २०२६ को ‘विधान सभा’ मा उनको पार्टीले चुनाव लड्ने घोषणा गरिएको छ ।

विजय तमिलनाडु क्षेत्रमा अभिनेता रजनीकान्तपछिको प्रभावशाली अभिनेता मानिन्छन् । त्यस क्षेत्रमा उनको कुन हदसम्म प्रभाव छ भने सन् २०२१ मा उनको नाममा प्रशंसकहरुले खोलेको पार्टीले तमिलनाडुको स्थानीय निकायको चुनावमा ११५ सिट जितेको थियो । अब विजय आफैं राजनीतिमा होमिएकाले उनको पार्टीले २०२६ को ‘विधान सभा’ चुनावमा ठूलो सिट जित्ने अनुमान गरिएको छ ।

उनको फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ यतिबेला प्रदर्शनरत छ । फिल्मले ९ दिनमा विश्वभर ३५० करोडमाथिको कमाई गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार