कात्तिक १९, काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले प्यूठान नगरपालिका– १९ का अधिवक्ता पदमप्रसाद वैदिकलाई न्यायपरिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा नेपालको संविधानको धारा १५३ को उपधारा १ बमोजिम राष्ट्रपतिले अधिवक्ता वैदिकलाई उक्त पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस