2026-09-18 08:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा छ वटा स्थानीय तह बनाउने प्रस्ताव

कात्तिक २०, म्याग्दी । म्याग्दीमा छ वटा स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको आयोजनामा शुक्रबार गलेश्वरमा बसेको सर्वदलीय बैठकले जिल्लामा पाँच वटा गाउँपालिका र एक नगरपालिका बनाउने निर्णय गरेको हो ।

सांसद र राजनीतिक दलको सुझावको आधारमा तयार पारिएको प्रस्ताव राज्य पुनःसंरचना आयोगमा पठाइने समितिका सदस्य सचिव एव्म जिविसका योजना अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।

पात्लेखेत र भकिम्ली गाविसलाई बेनी नगरपालिकामा समावेश गर्ने तथा पोखरेबगर केन्द्र रहने गरी दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चे गाविसलाई समेटेर अन्नपूर्ण गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै ताकम र मुना मध्ये एक ठाउँमा केन्द्र रहने गरी ताकम, गुर्जा, मुना, मुदी, मराङ र मल्कवाङलाई समेटेर धौलागिरि गाउँपालिका बनाउने निर्णय भएको छ । बेगखोला, भगवती, पिप्ले, दग्नाम, चिमखोला, कुइनेमङ्गले, पाखापानी र झिँलाई समेटेर बनाइने रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट र पाखापानी मध्ये एक ठाउँमा बनाउन सिफारीस गरिएको छ ।

त्यसैगरी बरंजा, अर्मन, कुहुँ र बावियाचौरलाई समाबेश गरेर बनाइने मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बनाउन प्रस्ताव गरिएको छ । दरवाङ बजारमा केन्द्र रहने मालिका गाउँपालिकामा दरवाङ, रुम, ओखरबोट, देवीस्थान, बिम र निस्कोट गाविस प्रस्ताव गरिएको योजना अधिकृत पौडेलले बताए ।

भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्यालगायत आयोगले तोकेको मापदण्डको आधारमा राजनीति सहमतिमा स्थानीय तहको प्रस्ताव गरिएको म्याग्दीका स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक चिरञ्जीवी पौडेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई