2026-07-25 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफाले वर्ष खेलाडीका लागि २३ जनाको नाम सार्वजनिक (को-को परे?)

कात्तिक २०, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सन् २०१६ का लागि वर्ष खेलाडी मनोनयन गरी नाम सार्वजनिक गरेको छ ।

फिफाले २३ खेलाडीको नाम सार्वजनिक गरेको हो । फिफाले फ्रान्सेली फुटबल म्यागजिनसँगको सहकार्य टुटेपछि यस वर्षदेखि फेरि फिफा वर्ष खेलाडी अवार्ड दिन लागेको छ ।

सार्वजनिक गरिएकामा लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, नेइमार, सर्जियो अग्युरो, ग्यारेथ बेल, आन्द्रेस इनिएस्टा, सर्जियो रामोस, एलेक्स सान्चेज, लुइस स्वारेज, जेमी भर्डी, एन्टोनी ग्रिजम्यान, टोनी क्रसलगायत २३ जना खेलाडी छन् ।

फिफाले सन् १९९१ देखि २००९ सम्म पनि फिफा वर्ष खेलाडी अवार्ड दिँदै आएको थियो । तर त्यसपछि गत वर्षसम्म फ्रेन्च फुटबलसँगको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिएको थियो ।

फिफाले आउँदो जनवरी ९ मा ज्युरिचमा हुने विशेष कार्यक्रममा फिफा वर्ष खेलाडी २०१६ को अवार्ड प्रदान गर्नेछ ।

त्यसअघि डिसेम्बर २ मा अन्तिम तीनमा पर्ने खेलाडीको नाम सार्वजनिक हुनेछ । अवार्डका लागि दुई किसिमको मतदान प्रक्रिया अपनाइएको छ ।

विश्वका राष्ट्रिय टिमका कप्तान तथा मूख्य प्रशिक्षकले दिएको मतलाई ५० प्रतिशत तथा विश्वका झण्डै दुई सय खेल पत्रकार तथा अनलाइनमार्फत समर्थकले दिने मतले ५० प्रतिशत हिस्सा लिने छ ।

फिफाले पुरुष वर्ष फुटबल खेलाडीसहित विभिन्न ८ विधामा पुरस्कार प्रदान गर्ने छ । फिफा महिला वर्ष खेलाडी, पुरुष वर्ष प्रशिक्षक, महिला वर्ष प्रशिक्षक, वर्षको उत्कृष्ट गोल अवार्ड, फेयर प्ले अवार्ड, फ्यान अवार्ड र फिफा वर्ष टिम अवार्ड प्रदान गरिने छ ।

अवार्डका लागि मत दिन चाहने समर्थकले फिफा डट कममा गएर आफूलाई मन परेको खेलाडीलाई मत दिन सक्ने व्यवस्था पनि मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक