कात्तिक २२, संखुवासभा । स्थानीय तह पुनर्संरचना गर्दा धुपुलाई पनि खाँदबारी नगरपालिकामा गाभ्न माग गर्दे धुपु गाविसका विभिन्न राजनीतिक दल संघ सस्था लगायत स्थान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, संखुवासभा । स्थानीय तह पुनर्संरचना गर्दा धुपुलाई पनि खाँदबारी नगरपालिकामा गाभ्न माग गर्दे धुपु गाविसका विभिन्न राजनीतिक दल संघ सस्था लगायत स्थान"/>

2026-09-19 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धुपुलाई खाँदबारी नगरपालिकामा गाभ्न माग गर्दै आन्दोलन


कात्तिक २२, संखुवासभा । स्थानीय तह पुनर्संरचना गर्दा धुपुलाई पनि खाँदबारी नगरपालिकामा गाभ्न माग गर्दे धुपु गाविसका विभिन्न राजनीतिक दल संघ सस्था लगायत स्थानीयले आन्दोलन सुरु गरेका छन् । 

स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाउदै माग पुरा नभए आन्दोलन चर्काउने निर्यण गरेको नेकपा एमाले धुपु गाउँ कमिटिका अध्यक्ष तिर्थराज भट्टराईले जानकारी दिए ।

धुपु गाबिस र खाँदबारी नगरपालिका लामो सिमा सम्बन्ध तथा जातीय रहेकोले सिंगो धुपुलाई खाँदबारी नगरपालिका भित्र समायोज गर्नु पर्ने नेकपा माओबादी केन्द्र धुपु धुपु गाउँ कमिटिका अध्यक्ष भेषराज चिमरियाको भनाइ छ। स्थानीय निकाय पुनर्संरचना गर्ने सन्दर्भमा हाल धुपु गाबिसलाई स्थानिय राजनीतिक दल, नागरिक समाज र बुद्धिजिबीहरुको बिना परामर्श सभापोखरी गाउँपालिका कायम गरी धुपुको जनभावना विपरित गरिएको नामाँकन केन्द्र तोकिएको प्रति कडा आपति छ ज्ञापनपत्रमा भनिएको छ।

अब बन्ने गाउँ पालिकाको नाम धुपु गाउँपालिका र यसको केन्द्र धुपु तोकीए धुपु,बाह्रबिसे र सभापोखरी गाबिस सहित गाउँ बनाउन सकिने नेपाली कांग्रेस धुपु गाउँ कमिटिका सभापति सुजन राईले बताए। आफुहरुको माग पुरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने नागरिक संघर्स समिति धुपुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई