कात्तिक २२, संखुवासभा ।  संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । 

यहाँको प्राकृतिक सम्पदा, रहनसहन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, संखुवासभा ।  संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । 

यहाँको प्राकृतिक सम्पदा, रहनसहन "/>

2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संखुवासभाका पर्यटकीयस्थलहरु ओझेलमा सरोकारवाला निकाय मौन


कात्तिक २२, संखुवासभा ।  संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । 

यहाँको प्राकृतिक सम्पदा, रहनसहन आदिवासीहरुलगायतको बहुभाषिक बसोबास र जडीबुटीको भण्डारको रुपमा लिइने यस जिल्लालाई पर्यटकीय र आर्थिक रुपमा पनि अत्यन्तै महत्वको साथ हेरिएको छ । 

यहाँको प्रमुख आकर्षणको केन्द्रको रुपमा राष्ट्रिय फुल लालीगुँरासको राजधानी मानिने तिनजुरे, मिल्के, जलजले लालीगुँरास संरक्षित क्षेत्रलाई लिइएको छ । सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका लालीगुँरासमध्ये २८ प्रजातिका लालीगुँरास यहाँ पाइन्छन् । तर, भरपर्दो सडक सञ्जालको विस्तार नहुँदा चाहेर पनि पर्यटकहरु पुग्न सकिरहेका छैनन् । 

संखुवासभामा विभिन्न धार्मिकस्थलका साथै मनोरम प्राकृतिक सौन्दर्यको मजा लिन सकिने धेरै ठाउँहरु छन् । विश्वकै पाँचौं अग्लो मकालु हिमाल र  मकालु वरुण राष्ट्रिय निकुञ्ज पनि यहीं पर्छ । नेपालमा मात्रै पाइने काँडेभ्याकुर बस्ने ठाउँ पनि संखुवासभा नै हो । 

साथै अरुण नदीको मनमोहक दृश्य, संखुवासभाको नुमस्थित भाटभटिनी डाँडा जहाँबाट मौसम सफा हुँदा चैनपुर, वसन्तपुर, तुम्लिङटार र धरानसम्मको दृश्य हेर्न मिल्ने स्थानीयहरु बताउँछन् । त्यस्तै देशभरिकै सबैभन्दा बढी जंगल, जलस्रोत, विभिन्न जनावर र थरिथरिका पुतलीहरु पाइने संखुवासभा जिल्लामा धेरै ताल र पोखरीहरुसमेत रहेको छ । 

 तर, यत्तिका पर्यटकीय महत्वका ठाउँहरू भएको संखुवासभालाई जोड्ने सडक सञ्जालको अवस्था भने यस्तो छ । आन्तरिक मात्रै होइन बाह्य पर्यटकका लागि पनि छानी–छानी घुम्ने ठाउँहरु छन् संखुवासभामा ।  डक र होटलको पर्याप्त सुविधा नहुँदा प्रचुर सम्भावना बोकेको संखुवासभाभित्र अवस्थित पर्यटकीयस्थलहरुबाट राज्यले फाइदा लिन सकेको छैन । 

प्राकृतिक, धार्मिक र सांस्कृतिकलगायतका विभिन्न सम्भावना हुँदाहुदै पनि राज्यको उपेक्षाका कारण संखुवासभालाई पर्यटकीय गन्तव्य बनाउन नसकेको स्थानीयको गुनासो छ ।  पूर्वाधार व्यवस्थापनमा ध्यान दिन सके यहाँ पर्यटक आगमन बढेर राज्य र स्थानीयले राम्रो लाभ लिन सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् । 

सडक सञ्जाल र होटल व्यवसायलाई प्राथमिकताका साथ अगाडि बढाउने हो भने मात्रै पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउन सकिने पर्यटन संखुवासभाका होटेल व्यवसायीहरु बताउछन् । 

विदेशी पर्यटक तथा आन्तरिक पर्यटकहरुले काठमाडौं र विराटनगरबाट  तुम्लीङटारसम्मको हवाई यात्रा गरी केही घण्टाको सवारी यात्रा गर्दै मकालु हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिने राम्रो गन्तब्यको रुपमा बनाउन सकिन्छ । तर  प्रचारप्रसारको अभावका कारण संखुवासभाका पर्यटकीयस्थलहरु भने अहिले ओझेलमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो