2026-09-19 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा हुने प्रथम देवचुली महोत्सवको अन्तिम तयारी यसरी हुँदैछ (फोटो फिचर)

गोपिकृष्ण चापागाई । कार्तिक २३, नवलपरासी । नवलपरासीको कावासोतीमा यहि कार्तिक २५ गते देखि मंसिर ४ गतेसम्म हुन गईरहेको प्रथम देवचुली महोत्सवको अन्तिम तयारी भइरहेको छ । मध्यनेपाल कै पहिलो टेलिभिजन देवचुली टेलिभिजनको आठौं बार्षिकोत्सवको अवसरमा हुन गइरहेको प्रथम देवचुली महोत्सवमा १७५ स्टल बुकिङ भइसकेको स्टल ब्यवस्थापक लाल प्रसाद बरालले जानकारी दिए । साथै यसपटकको महोत्सवमा अन्य महोत्सवमा भन्दा केहि फरक प्रस्तुतीहरु पनि रहने बरालले जानकारी दिए ।

प्रथम देवचुली महोत्सव एक साँस्कृतिक महोत्सव भएको र नवलपुर क्षेत्रमा छरिएर रहेका सम्पुर्ण भेषभुषालाई मिलाउने जमर्को गरेको बताइएको छ । 

आदिबासी जनजाति उप समितिको नेतृत्वमा कार्यक्रमको प्रमुख आर्कषण स्टेजको दाया बायाँ मगर र तामाङ्को स्थानीय घरहरु निर्माण गरिएका छन । वाल उद्यानका खेलहरुहरुको निमार्ण कार्य करिब सकिएको छ । सवारी साधन पार्किङ्गको लागि आवश्यक क्षेत्र निर्माण गरिएको छ । मेलामा कृषि प्रदर्शनी, खाना महोत्सव, उद्योग व्यापारको स्टल प्रदर्शनी, मौलिक कला समूहलाई बाजागाजा हस्तान्तरण, जातिय मौलिक झांकी, लोपोन्मूख मौलिक नाँचहरुको प्रदर्शन हुने बताइएको छ  ।

मानविय  ब्यवहार देखाउने ऊँट

प्रथम देवचुली महोत्सवको फरक प्रदर्शनको  रुपमा मानविय ब्यवहार देखाउने ऊँट रहेको छ । मानिसले गर्ने जस्तो क्रियाकलाप गर्ने, नाँच्ने, पकाएको चिया दिने र मानिसले भनेको धेरै कुरा गर्ने ऊँट यसपालीको बिशेष प्रदर्शनको  रुपमा रहेको बताइएको छ । 

प्रथम देवचुली महोत्सव २०७३को यतिखेरको महोत्सव स्थलको अन्तिम तयारीका केहि तस्बिरहरु हेरौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई