2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा एक महानगरसहित १७ वटा स्थानीय तह सिफारिस

कात्तिक २३, मोरङ । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले मोरङमा एक महानगरपालिकासहित १७ वटा स्थानीय तह बनाउन सिफारिस गरेको छ । 

जिल्लामा रहेका राजनीतिक दलको सहमतिमा प्राविधिक सहयोग समितिले विराटनगरलाई महानगरपालिका बनाउने, १० नगरपालिका र ६ गाउँपालिका बनाउनका लागि स्थानीय तह पुनः संरचना आयोगमा सिफारिस गरेको हो । मोरङका स्थानीय विकास अधिकारी एवम् स्थानीय तह पुनः संरचना सहयोग समितिका संयोजक शोभाकर रेग्मीले सबै दलको सहमतिमा प्रविधिक सहयोग समितिले आयोगसमक्ष स्थानीय तहको पुनः संरचनाको सङ्ख्याको खाका सिफारिस गरेको जानकारी दिनुभयो । 

आयोगले मोरङमा १२ देखि १७ वटा क्लस्टर तोकेको थियो । सिफारिसअनुसार जिल्लामा थप दुईवटा नगरपालिका तोकिएको छ । जसअनुसार हाल रहेको सात नगरपालिकालाई थप गरी रतुवामाई र मिक्लाजुङ नगरपालिका समावेश छन । 

इटहरा, सिजुवा, गोविन्दपुर, झुर्किया, महादेवा तथा वरडङ्गा गाविसलाई समावेश गरेर रतुवामाई नगरपलिका र रमिते, टाँडी र मधुमल्ला गाविसलाइ समेटेर मिक्लाजुङ नगरपालिका बनाउनका लागि प्रस्ताव गरिएको छ । यसअघि स्थानीय तहमा विराटनगर महानगरपालिका, सात नगरपालिका र पाँच गाउँपालिका बनाउने गरी सङ्ख्या टुङ्गो लागेको थियो । 

समितिका अनुसार मधेसी र थारू क्लस्टर कायम गर्ने पनि प्रस्ताव गरिएको छ । २०६८ सालको जनजणनाअनुसार नौ लाख ६० हजार जनसङ्ख्या रहेको जिल्लामा हाल एक उपमहानगरपालिकासहित सात नगरपालिका र ५० गाविस रहेको छ । विराटनगरमा मात्र दुई लाख एक हजार जनसङ्ख्या रहेको छ । विराटनगरलाई महानगरपालिका बनाउन आवश्यक सङ्ख्या पु¥याउन सिमाना जोडिएका वैजनाथपुर र बुधनगर गाविसलाई समावेश गर्ने प्रस्ताव आयोगसमक्ष पेस गरिएको हो । 

महानगरपालिका बनाउन तीन लाख १५ हजार जनसङ्ख्या आवश्यक पर्ने भएपछि अन्य छिमेकी गाविस वैजनाथपुर र बुधनगरलाई समावेश गरिएको हो । दुई गाविस जोड्दा पनि हाल विराटनगरको कुल जनसङ्ख्या दुई लाख ८१ हजार पुगेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई