कात्तिक २४, रामग्राम । नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले लोकतन्त्रलाई बचाउन पनि  देशमा कांग्रेस थप बलिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २४, रामग्राम । नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले लोकतन्त्रलाई बचाउन पनि  देशमा कांग्रेस थप बलिय"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लोकतन्त्रलाई बचाउन कांग्रेस बलियो हुन आवश्यक: नेता खनाल

२४ कार्तिक २०७३, बुधबार ०८:१९


कात्तिक २४, रामग्राम । नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले लोकतन्त्रलाई बचाउन पनि  देशमा कांग्रेस थप बलियो  बनाउन आवश्यक रहेको बताउनुभएको छ  । 

नवलपरासीको गेर्मीमा पार्र्टी प्रबेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले देशमा जब जब अफ्ठ्¥यारो पर्दछ तब काग्रेसको आवश्यकता हुन्छ तसर्थ सुखमा भन्दा पनि दुखमा साथ दिनकालागी कांग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको बिचार राख्नुभयो ।

राणाशासन देखी लोकतन्त्र गणतन्त्र स्थापना सम्म कागं्रेसको महत्वपुर्ण भुमीकालाई सारा बिश्वले मानेकाले बताउदै नेता खनालले भन्नुभयो त्यही प्राप्त उपलब्धीलाई संस्थागत बनाउन कागं्रेस बलियो बन्न आजको आवश्यकता हो  । 

संसदीय दलका सदस्य समेत रहनुभएका खनालले आफु यस क्षेत्रको बिकास निमार्णका काममा जनता संगै रहेको बताउदै आफुलाई बिकास निमार्णका सबै काममा खबरदारी गर्न जनतालाई आग्रह समेत गर्नुभयो  ।

सो अवसरमा नेपाली कागं्रेसका जिल्ला सचिब बिक्रम यादव  ,पिछडा वर्ग महासंघका केन्द्रिय उपाध्यक्ष रामचन्द्र मौर्य  , नेपाली  कांग्रेस क्षेत्र ५का क्षेत्रिय सभापति दिनेशमणी पटेल,  पार्टीका क्षेत्रिय सदस्य प्रेमचन्द्र कैशल लगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बिचार राख्नुभएको थियो ।  

सो अवसरमा बिभिन्न राजनितिक दल परित्याग गरी ५० जना नेपाली काग्रेसमा प्रबेश गरेको थिए  । सो अवसरमा नवप्रबेशी कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी निर्वाचन क्षेत्र न. ५का सांसद बिक्रम खनालले अबिर टिका सहित साधारण सदस्यता प्रदान गर्नुभएको थियो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा