कात्तिक २४, परासी । नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले एैतिहासिक पुरातात्विक तथा धार्मिक स्थल रामग्राम स्तुपलाई विकास गर्न अति आवश्यक र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २४, परासी । नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले एैतिहासिक पुरातात्विक तथा धार्मिक स्थल रामग्राम स्तुपलाई विकास गर्न अति आवश्यक र"/>

2026-09-19 12:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रामग्राम स्तुपको विकासका जिम्मा सरकारले लिनु पर्छ: खनाल


कात्तिक २४, परासी । नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले एैतिहासिक पुरातात्विक तथा धार्मिक स्थल रामग्राम स्तुपलाई विकास गर्न अति आवश्यक रहेको बताउनु भएको छ । 

विश्वमा एकठाउँमा मात्र सुरक्षित भगवान गौतम बुद्धको अष्टधातु रहेको स्तुपलाई विश्वव्यापीकरण संग यसको उचित विकास गर्न सरकारले जिम्मा लिनु पर्ने बताउनु भयो । 

परिवारिक घुमघामको क्रममा रामग्राम स्तुपमा आईपुगेका नेता खनालले, स्तुपको संरक्षण गर्दै आवश्यक जग्गा अधिग्रहण गर्ने र विकासका लागि गुरुयोजना समेत बनाउनु पर्नेब धारणा राख्नु भयो । उहाँले स्तुपमा सर्वप्रथम भौतिक पुर्वाधारहरु निर्माण गरि विभिन्न विदेशिक बौद्ध टेम्पलहरुको समेत यसको विकासमा पर्ने धारण राख्नु भयो । 

स्तुपको संरक्षणका लागि शान्ति सुरक्षाको उचित व्यवस्था मिलाई स्तुपको दिर्घकालिन योजनाका आधारा यसको  विकास गरि बृहत रुपमा यहाँ आन्तरिक तथा बाहय पर्यटकहरु भित्राउन पर्ने नेता खनालको भनाई थियो । 

त्यसैबिच नेता खनालले बर्तमान सरकार निष्कृय रहेको दावी गर्दै संविधान कार्यान्वयको पक्षमा कुनै कदम नचालेको आरोप लगाउनु भयो । संविधान कार्यान्वयका लागि कार्यतालिका, ऐन, कानुनु निर्माण, स्थानिय निकायको चुनाव, र क्रियाशिल पार्टीबिचको एकता समेत जस्तो महत्वपुर्ण कामलाई अन्जाम दिइएको छैन । 

नेकपा एमाले अहिले बहुमतले ल्याइएको संविधान कार्यान्वनको पक्षमा छ । जबसम्म स्थानिय निकायको चुनाव, प्रदेशको चुनाव, राष्ट्रिय स्तरको चुनाव गरि संविधान कार्यान्वय हुदैन तबसम्म संविधान संशोधनको पक्षमा हामी उभिने छैनौ । 

संविधान संसोधनका लागि मेजर कुरा आउनु पर्छ र त्यसको औचित्य र महत्व पनि हुनु पर्छ यस्ता किसिमको कुनै प्रकारका संशोधन बुँदा प्रस्ताव नआएकोले संविधान संशोधन गर्न आवश्यक नरहेको नेता खनाल बताउनु भयो । 

संविधान कार्यान्वयमा केहि बाँधा अडचन आउन सक्छ जसलाई मेटाउन रुष्ट दलहरुलाई क्रमिक रुपले संविधान, नेपालको वास्तविकता, नेपालको भुमीको विषयमा बताएर चित्त बुझाउन पर्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता